Salime Malika Krishi Farm

Awareness Campaign

रवि विरुद्धको थुनछेक बहस जारी, आज आदेश आउन सक्ने सम्भावना



ओझेलका खबर संवाददाता
१ वर्ष अगाडि


Awareness

Place for ads

बुटवल: बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी ठगी र संगठित अपराधको कसुरमा गोर्खा मिडिया नेटवर्क प्रालिका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेविरुद्ध दायर मुद्दामा रूपन्देही जिल्ला अदालतमा जारी थुनछेक बहस आज आइतबार पनि हुँदैछ।

गत शुक्रबार बहस नसकिएपछि लामिछानेलाई आज उपस्थित हुनेगरी श्रीमती निकिता पौडेल र वकिलको जिम्मा लगाइएको थियो । लामिछानेविरुद्ध माघ ६ मा जिल्ला अदालतमा सहकारी ठगी र संगठित अपराधमा मुद्दा दर्ता भएको थियो । उनी बुधबार मुद्दाको प्रतिवाद गर्न अदालत उपस्थित भएका थिए । बुधबार रूपन्देही जिल्ला अदालतका न्यायाधीश प्रह्लादकुमार योगीयोगीको इजलासमा उनको पेसी परेको थियो ।

शुक्रबार भएको बहसमा जाहेरवालाका तर्फबाट वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी, अधिवक्ताहरू आरसी गौतम र शैलेन्द्रकुमार यादवले बहस गरेका थिए । गौतमले रकम अपचलनमा प्रत्यक्ष संलग्नता देखिएको भन्दै लामिछानेलाई थुनामै राख्नुपर्ने माग गरेका छन् । लामिछानेको नाममा सहकारीबाट २ करोड रुपैयाँ गएको र उनी आफैंले चेक काटेर ४० लाख ९२ हजार सहकारीको किस्ताबापत भुक्तानी गरेकाले सहकारी ठगीमा संलग्नताको पुष्टि भएको अधिवक्ता गौतमको जिकिर थियो ।

सिंचाई
Forest
Ad.

प्रतिवादीका तर्फबाट वरिष्ठ अधिवक्ता सुशील पन्त, अधिवक्ताहरू सुरेन्द्र थापा र सञ्जय गोलेले बहस गरेका थिए । तीनै जनाले अभियोगपत्रमा भएका तथ्यको प्रतिवाद गर्दै सहकारी ठगी र संगठित अपराधमा लामिछानेलाई मुद्दा चलाउनै नमिल्ने जिकिर गरेका छन् । सहकारीको रकम संरक्षण गर्ने जिम्मेवारी लामिछानेको नभएकाले सञ्चालकहरू मात्र मुद्दाको प्रतिवादी हुने तर लामिछानेलाई प्रतिवादी बनाएकाले मुद्दाको प्रक्रिया नै गलत भएको जिकिर गरेका थिए ।

प्रतिवादीका तर्फबाट वरिष्ठ अधिवक्ता रमण श्रेष्ठसहितका वकालतनामा लेखाएका ८ वकिलको बहस बाँकी छ । लामिछानेको मुद्दामा बिहीबार उच्च सरकारी वकिल कार्यालय बुटवलका प्रमुख सहन्यायाधिवक्ता शोभकान्त भण्डारी, प्रकाश मरासिनी, रवि न्यौपाने र जिल्ला सरकारी वकिल कार्यालय प्रमुख न्यायाधिवक्ता प्रेमराज पौडेल, गोकर्णराज मरासिनी, वसन्त पोखरेल, सुनील बुढाथोकी र पवित्रा भण्डारीले बहस गरेका थिए । त्यस्तै पीडित जाहेरवालाका तर्फबाट वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले बहस गरेका थिए ।

पोखराको सूर्यदर्शन सहकारी ठगीको अनुसन्धानका सिलसिलामा गत कात्तिक २ मा पक्राउ परेका लामिछाने कास्की जिल्ला अदालतबाट ६५ लाख धरौटीमा पुस २५ मा र स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दामा काठमाडौं जिल्ला अदालतको आदेशले ६० लाख धरौटीमा माघ २ मा रिहा भएका थिए।

माघ ६ मा आइतबार रूपन्देही जिल्ला अदालतमा सुप्रिम सहकारी ठगी र संगठित अपराधमा लामिछानेसहित २२ जनालाई अभियुक्त बनाएर मुद्दा दर्ता भएको थियो । मुद्दामा गीतेन्द्रबाबु (जीबी) राई, लामिछानेसहित २८ जनाबाट ५५ करोडभन्दा बढी र लामिछाने, छविलाल जोशी र लक्ष्मीप्रसाद पौडेलबाट १० करोड ९९ लाख थप बिगो र लामिछानेको व्यक्तिगततर्फ २ करोड बिगो दाबी गरिएको छ। -ग्लोबल आवाज

Awareness by SKF

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो