Salime Malika Krishi Farm

Awareness Campaign

मुसिकोटमा पाठेघरको मुखको क्यान्सर विरुद्धको (एचपिभि) खोप लगाईने



वसन्त अधिकारी
१ वर्ष अगाडि


Awareness

Place for ads

गुल्मी: नेपाल सरकार स्वास्थ्य मन्त्रालयद्वारा सञ्चालनमा आउदै गरेको पाठेघरको मुखको क्यान्सर विरुद्धको (एच.पि.भि) खोप मुसिकोटमा माघ २२ गते देखि लगाईने भएको छ।

कक्षा ६ देखि १० सम्म अध्ययन गर्ने र विद्यालय बाहिर रहेका १० वर्षदेखि १४ वर्षसम्मका किशोरीहरुलाई खोप दिन लागिएको मुसिकोट नगरपालिका स्वास्थ्य शाखा प्रमुख डि.बि. जि. सी. ले बताउनुभयो।

मुसिकोटका ९ वटै वडाका स्वास्थ्य चौकीबाट खोप समिति तथा सरकारवाला सङ्ग समन्वय गरी यो अभियानलाई सफल बनाउन तयारी गरिएको समेत शाखाले जनाएको छ।

सिंचाई
Forest
Ad.

आगामी प्रत्येक वर्ष फाल्गुण महिनामा यो खोप लगाइनेछ। यो वर्ष मुसिकोटमा २९ वटा खोप केन्द्रबाट १२२६ जना लक्षित वर्ग भित्रका किशोरीहरुलाई खोप लगाउने लक्ष्य बनाईएको शाखाले बताएको छ।

किशोरीले एक पटक खोप लगाईसकेपछि अर्को पटक लगाउन पर्दैन। खोप लगाईसकेपछि सङ्गै ३०-४९ वर्ष उमेर समुहका महिलाहरुलाई पाठेघरको मुख स्क्रिनिङ गर्ने किट मार्फत चेकजाँच गरि पाठेघरको मुखको क्यान्सर निर्मुल पार्न सरकार लागेको बताईएको छ।

एकपटक पाठेघरको मुखको चेक जाँच गरेपछि ५ वर्ष सम्म गर्न नपर्ने, यो खोप गर्भवती किशोरी, एलर्जि हुनेले नलगाउदा राम्रो हुने र खोप तालिमप्राप्त स्वास्थ्यकर्मीमार्फत दिनको लागि तयारी गरिएको छ।

मुसिकोट ३ मा जना १३७ जना लक्षित वर्गको किशोरीहरु रहेको र ४ वटा केन्द्रमार्फत खोप दिने तयारी गरिएको जसमा माघ २२ गते जनजागृति मा.वि., माघ २३ गते पेगा निमावि पेगा, र माघ २४ गते पृथ्वी मा.वि. मैदान र बडागाउँ ज्ञानकुन्ज बोर्डिङ स्कुल ठुलोपोखरामा गरिने बडागाउँ स्वास्थ्य चौकीका प्रमुख मनोज श्रेष्ठले बताउनु भयो।

Awareness by SKF

फेब्रुअरी ४ अर्थात माघ २२ गते विश्व क्यान्सर दिवसको विशेष दिनबाट खोप देशव्यापी लगाईदैछ खोप सामान्य अन्य खोप लगाएजस्तै गरि लगाईने र सामान्य बाहेक अन्य असरहरु नहुने स्रोतले जानकारी दिएको छ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो