Salime Malika Krishi Farm

Awareness Campaign

प्रधानमन्त्री ओलीले गरे बालुवाटारबाटै पाल्पा बगनासकालीको प्रशासकीय भवन उद्घाटन



ओझेलका खबर संवाददाता
१ वर्ष अगाडि


Awareness

Place for ads

बुटवल: प्रधानमन्त्री केपी शर्मा ओलीले पाल्पाको बगनासकाली गाउँपालिकाको प्रशासकीय भवन भर्चुअल रुपमा उद्घाटन गरेका छन् । स्वास्थ्यमा समस्या आएर त्यहाँ जान नसकेपछि अोलीले बालुवाटारस्थित सरकारी निवासबाटै शुक्रवार सम्बोधनसहित भवनको उद्घाटन गरेका हुन् ।

प्रधानमन्त्री ओलीले ऊर्बर भूमि बगनासकाली गाउँपालिकाको कार्यक्रमस्थल चिर्तुङ्गधारामा आउने र पाल्पाली जनतासँग भेटघाट गर्ने चाहना हुँदाहुँदै रुघाखोकी लागेका कारण प्रत्यक्षरुपमा उपस्थित हुन असमर्थ भएको जनाए ।

प्रधानमन्त्री ओलीले प्रशासकीय भवनबाट स्थानीय जनताले अझ राम्रो संग सेवा प्रवाह गरि नयाँ अनुभूति मिल्ने गरी काम गर्न आग्रह गरे । उनले पाल्पा एक ऐतिहासिक, रमणीय र देश जोगाउन भूमिका खेल्ने जिल्ला भएकाले यस प्रकारको छविलाई जनताले कायमै राख्ने विश्वास व्यक्त गरे । आफूहरुले सुरु गरेका सिद्धबाबा सुरुङलगायत विकास निर्माणका काम आफूहरुकै पालामा सम्पन्न गर्ने गरी काम भइरहेको पनि उनले सो अवसरमा बताए ।

सिंचाई
Forest
Ad.

प्रधानमन्त्री ओलीले खनिज तत्वको प्रयोगमा पाल्पा अगाडि रहेको र कृषिमा उद्यमशीलता एवं समग्र विकासमा यो जिल्ला थप अग्रसर हुने अपेक्षा व्यक्त गरे। -सेतोमसी

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो