Smoking Causes Cancer

गुल्मीको भुवाचिदीमा जारी तेस्रो भाटी मेलाको अन्तिम दिन भोलि चर्चित गायक खेम सेन्चुरी आउदै



ओझेलका खबर संवाददाता
१ वर्ष अगाडि


Place for ads

गुल्मी: गुल्मीको मुसिकोट नगरपालिका-६, भुवाचिदी बजारमा जारी तेस्रो भाटी मेलाको अन्तिम दिन भोलि माघ ५ गते चर्चित गायक खेम सेन्चुरी आउने भएका छन्। मालिका युवा क्लबद्वारा आयोजित कार्यक्रम पौष २६ गतेदेखि सुरु भएको थियो।

मेला अवधिभर खुल्ला वडा स्तरीय भलिबल प्रतियोगिता, महिला भलिबल प्रतियोगिता, भेटरन्स भलिबल प्रतियोगिता, सामूहिक तथा एकल नृत्य प्रतियोगिता, रत्यौली प्रतियोगिता आदि प्रतियोगितात्मक कार्यक्रम सञ्चालन भएका थिए। साथै बडिगाड खोलामा र्याफ्टिङ र हरेक दिन राष्ट्रिय तथा स्थानीय कलाकारहरुले मनोरञ्जन प्रदान गरेका थिए।

भोलि अन्तिम खुल्ला वडा स्तरीय भलिबल प्रतियोगिताको फाइनल खेल, चन्दादाता सम्मान कार्यक्रमका साथै चर्चित गायक खेम सेन्चुरीको सांगीतिक प्रस्तुतिका साथमा औपचारिक समापन गरिने बताइएको छ।

सिंचाई
Forest
Ad.

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो