Salime Malika Krishi Farm

Awareness Campaign

दुःखको छायामा बाल्यकाल: गुल्मीकी जमुनाको संघर्षपूर्ण कथा



ओझेलका खबर संवाददाता
१ वर्ष अगाडि


Awareness

Place for ads

राम प्रसाद आचार्य, गुल्मी: गुल्मीको मालिका गाउँपालिका वडा नं. ५ की जमुना घर्ती १४ वर्षकी पुगिन्। बुवाआमाको न्यानो मायाका साथ विद्यालय जाने उमेरकी उनी अहिले त्यो अवस्थामा छैनन्। उनी १० वर्षकै हुँदा मामाघरमा जान्छु भनेर गएकी उनकी आमा अहिलेसम्म फर्केकी छैनन्। गाउँमा सबैले आमाले अर्को बिहे गरेर गएको सुनाउँछन्, तर जमुनालाई वास्तविकता थाहा छैन।

आमाले छाडेर गएपछि बाहिर कमाउने र घरको खर्च व्यवस्थापन गर्नका लागि जमुनाका बुवा थिए प्रेमबहादुर घर्ती। तर ९ दिनअघि ४३ वर्षको उमेरमा प्रेमको मृत्यु भएपछि अहिले जमुना १० वर्षको जेठो भाइलाई लिएर किरिया बसेकी छन्। अहिले पनि उनीहरुको परिवारमा साँझ बिहान के खाने भन्ने समस्या छ। सामान्य अवस्थामा भत्कन लागेको सानो घर छ। खेतीबारी पनि धेरै छैन।

अब किरिया र त्यसपछिको खर्च व्यवस्थापन कसरी गर्ने, भाईहरुलाई कसरी पढाउने भन्ने पिरलो जमुनालाई छ। ५ कक्षामा पढ्ने जेठो भाइ युवराज दिदीसँगै किरियामा छन्। ४ कक्षामा पढ्ने ८ वर्षका सानो भाइ सुजन भने हजुरआमासँग बसेका छन्। ‘पढ्न त मलाई पनि रहर छ, पढेर केही न केही गरौंला भन्ने थियो। तर घरमा खाने खर्च पनि छैन। भाइहरुलाई पढाउन र खर्च चलाउन पनि मैले स्कुल छाडेर काम खोज्नुपर्ने अवस्था आइलाग्यो,’ उनले घरमा पुग्ने आफन्त र शुभचिन्तकहरुलाई भन्ने गर्छिन्। पढ्ने रहर भए पनि घरको अवस्थाले अब पाउँछु भन्ने लागेको छैन। यसै पनि आमा नभएपछि घरमा काम बढी हुने थियो।

सिंचाई
Forest
Ad.

अब दुई भाईलाई पढाउनुपर्ने छ। दुई भाई नै प्रहरी हुने भन्छन्। तर के खुवाउने? कसरी खर्च चलाउने हो? केही सोच्न सकेकी छैन,’ घरमा पुग्ने आफ्ना आफन्तलाई उनी भन्ने गर्छिन्, ‘भाईहरुलाई पढाउने र खर्च दिने कोही भए त जेनतेन मैले नि पढ्न पाउँथे कि। त्यस्तो मनकारी को भेटिएला र खै?’ ‘आमाले सानैमा छाडेर जानुभयो, मामाघर जान्छु भनेर गएको ४ वर्ष भयो अहिलेसम्म केही पत्तो लागेको छैन। अर्को बिहे गरेर गएको भनेर सुनाउँछन् खै के हो? बुवाको मृत्यु भयो। अब कुनाबाट निस्केर के गर्ने भन्ने अन्यौल छ। -नेपाल प्रेस

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो