Salime Malika Krishi Farm

Awareness Campaign

गुल्मीमा स्वास्थ्य बिमा प्रति आकर्षण बढ्दै



ओझेलका खबर संवाददाता
१ वर्ष अगाडि


Awareness

Place for ads

गुल्मी: गुल्मीमा स्वास्थ्य बिमामा आकर्षण बढ्दै गएको छ । स्वास्थ्य उपचारमा सहज पहुँच स्थापितका लागि सरकारले सुरु गरेको बिमा कार्यक्रममा यहाँका नागरिकको पहुँच बढ्दै गएको हो । गुणस्तरीय स्वास्थ्य सेवा सर्वसाधारणलाई प्रदान गरी स्वास्थ्य सेवाको सुनिश्चित गर्ने लक्ष्यका साथ जिल्लामा २०७६ साल माघ १९ देखि स्वास्थ्य बिमा कार्यक्रम सुरु गरिएको थियो ।

दुई नगरपालिका र १० गाउँपालिका गरी १२ स्थानीय तह रहेको जिल्लामा २०७८ सालको जनगणना अनुसार दुई लाख ४६ हजार ८३६ जनसङ्ख्या रहेको छ । हालसम्म यहाँका एक लाख १६ हजार ७५३ जनाले स्वास्थ्य बिमा गराएको स्वास्थ्य बिमा बोर्ड सम्पर्क शाखा कार्यालय गुल्मीका संयोजक सुवास घिमिरेले जानकारी दिनुभयो ।

संयोजक घिमिरेका अनुसार ५६ हजार ४४५ पुरुष र ६० हजार ३०८ महिलाले स्वास्थ्य बिमा गराएका छन् । जिल्लाका ४७.४ प्रतिशत नागरिकले स्वास्थ्य बिमा गराएका हुन् । सरकारले ल्याएको स्वास्थ्य बिमा कार्यक्रमको महत्व र प्रभावकारिता नागरिकले बुझ्न थालेपछि गुल्मीमा स्वास्थ्य बिमा गर्नेको सङ्ख्या बढिरहेको उहाँले बताउनुभयो ।

सिंचाई
Forest
Ad.

जिल्लामा सबैभन्दा बढी रेसुङ्गा नगरपालिकामा २२ हजार २७५ जना र मुसीकोट गाउँपालिकाका सात हजार १७५ जना नागरिकले स्वास्थ्य बिमा गराएका छन् । जिल्लाको कालीगण्डकी गाउँपालिकाका छ हजार २८९, सत्यवती गाउँपालिकाका १४ हजार ६९६, चन्द्रकोट गाउँपालिकाका पाँच हजार ८६५, रुरुक्षेत्र गाउँपालिकाका १३ हजार १६०, छत्रकोट गाउँपालिकाका नौ हजार ५२३, गुल्मीदरबार गाउँपालिकाका नौ हजार ५२३ जना नागरिकले स्वास्थ्य बिमा गराएका छन् ।

त्यस्तै इस्मा गाउँपालिकाका छ हजार ४३३, धुर्कोट गाउँपालिकाका नौ हजार ४९, मदाने गाउँपालिकाका तीन हजार २४४ र मालिका गाउँपालिकाका सात हजार ५६६ जना नागरिकले स्वास्थ्य बिमा गराएको स्वास्थ्य बिमा बोर्ड सम्पर्क शाखा कार्यालयको तथ्याङ्कमा उल्लेख छ। -गोरखापत्र अनलाइन

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो