Smoking Causes Cancer

दक्षिण कोरियामा रहेका गुल्मेलीहरुले नयाँ वर्षको अवसरमा सांस्कृतिक कार्यक्रम आयोजना गर्ने



ओझेलका खबर संवाददाता
२ वर्ष अगाडि


Place for ads

सोल: द‌क्षिण कोरियामा रहेका गुल्मेलीहरुको संस्था गुल्मी सम्पर्क समिति, दक्षिण कोरियाले लुम्बिनी प्रदेश समाज दक्षिण कोरियाको समन्वयमा कोरियन नयाँ वर्ष सलनालको अवसर पारेर नयाँ वर्ष सांस्कृतिक साँझ तथा रात्रिभोज कार्यक्रमको आयोजना गर्ने भएको छ।

जनवरी २८ साँझ ६ बजेबाट आयोजना गरिने कार्यक्रममा कोरियावासी सम्पूर्ण नेपालीहरुलाई निमन्त्रणा गरिएको संस्थाका अध्यक्ष जीवन न्यौपानेले बताउनुभयो।

विदेशमा रहेका नेपालीहरुको मौलिकता प्रार्तिको मोह प्रशंसनीय रहेको छ। कोरियन नयाँ बर्ष सलनाल 2025 विशेष कार्यक्रममा गुल्मेली मौलिक नौमती बाजा वादन प्रस्तुति प्रमुख आकर्षण रहने भएको छ।

सिंचाई
Forest
Ad.

आफ्नो नौमती वादन प्रस्तुतिका लागि गुल्मी मुसिकोट नौमती पन्चेबाजा समुह, जापानको टिम कोरिया आउदै छ। साथै लोक दोहोरी प्रतिष्ठान कोरियाका सम्मानित अध्यक्ष श्री खिम छन्त्यालको नेतृत्वमा मौलिक दोहोरीका दिग्गज कलाकारहरु तथा कोरीयामा रहेका ख्याती प्राप्त नेपाली कलाकारहरुको सांगीतिक प्रस्तुति पनि रहने बताइएको छ।

नौमतीमा मायाली र यानीमाया भाकामा जोर नाच्ने धोको भएकाले बेलैमा सम्पर्क गर्न संस्थाका अध्यक्ष जीवन न्यौपानेले कोरियावासी सम्पूर्ण मौलिक लोक लय प्रेमी नेपाली दाजुभाई दिदीबहिनीहरुलाई सहभागिताका लागि सविनय अनुरोध गरेका छन।

कार्यक्रममा १४ प्रकारका खाना तथा पेय पदार्थ निःशुल्क गरिएको छ।

Awareness by SKF

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो