Hi-Speed Computer

Awareness Campaign

नेपाल पत्रकार महासंघ, गुल्मीको अध्यक्षमा खत्री विजयी



प्रेम सुनार
५ महिना अगाडि


Awareness

Place for ads

गुल्मी: नेपाल पत्रकार महासंघ, गुल्मीको अधिवेशनले प्रेस चौतारीका अनिल खत्री अध्यक्ष पदमा विजयी भएका छन।

काङ्ग्रेस निकट प्रेस युनियन र एमाले निकट प्रेस चौतारीको ठुलो सङ्गठन एकातिर हुँदा पनि एक्लै लडेको माओवादी निकट प्रेस सेन्टर नेपालबाट अध्यक्ष पदका उमेदवार तिलाचन पाण्डेले आफ्नो सङ्गठनको मत भन्दा दुई मत बढी लिएर उपविजेता बनेका छन। उनी उपविजेता बने पनि प्रेस सेन्टर नेपाल एक्लै लडे पनि महेश बोहरा आश्विनलाई महासंघमा जिताएर बाजी मारेको छ।

उपाध्यक्षमा प्रेस चौतारीकी गगनशिला खड्का र प्रेस युनियनका सुमन महतारा विजयी भएका छन। सचिवमा पनि प्रेस युनियनकै सन्तोष महतारा विजयी भएका छन।

Forest
Forest
Ad.

सहसचिवद्वय मध्ये प्रेस चौतारीका मनोज कार्की र प्रेस युनियनका मन बहादुर सुनार विजयी भएका छन। कार्यसमिति सदस्यहरुमा प्रेस सेन्टरका आश्विन बोहोरा (महेश) विजयी भएका छन। त्यस्तै प्रेस चौतारीका सुर्य सुनार र प्रेस युनियनका अनिल खत्री। केन्द्रीय पार्षदमा जनार्दन घिमिरे निर्वाचित भएका छन।

उनका प्रतिस्पर्धामा प्रेस सेन्टरका प्रेम सुनार थिए। दुई सङ्गठन संग एक्लै लडे पनि सुनारले शानदार मत लिएका छन। प्रदेश पार्षदमा महासंघका पुर्व अध्यक्ष टोपलाल अर्याल निर्विरोध निर्वाचित भएका छन।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

प्रेम सुनार को बारेमा

पत्रकार प्रेम सुनार चर्चित रेडियो कार्यक्रम ‘ओझेलका खबर’का प्रस्तोता हुन्। उनी ओझेलका खबरका प्रमुख संवाददाता तथा संरक्षक पनि हुन। उनी दर्जनभन्दा धेरै मिडियामा आवद्ध छन्।

प्रेम सुनार द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →