Clean Water Campaign

Awareness Campaign

हजारबाट सुरु गुल्मी रुपाकोटकोटको सहकारी करोड सम्म



प्रेम सुनार
७ महिना अगाडि


Awareness

Place for ads

गुल्मी: एकथुकी  सुकी हजार थुकी नदी भन्ने उखान बुढापाकाहरुले त्यस हालेका रहेनछन। उक्त  उखानलाई सार्थक तुलाएका छन विशेषतः  सहकारी संस्थाहरुले। तिनै सहकारी संस्था मध्येको एक हो गुल्मीको चन्द्रकोट गाउँपालिका ७ मा क्रियाशिल रुपाकोट बचत तथा ऋण सहकारी संस्था।

जो   आज भन्दा १६ बर्ष अघि हजारबाट   सुरु भएको सहकारी संस्था अहिले  करिब २ करोड हाराहारी मा कारोबार गर्ने सहकारी संस्था बन्न पुगेको छ । २०६५ साल कार्तिक २२ गते साविक रुपाकोट गाविसका समाज सेवी शालिग्राम गैरे र लक्ष्मीनारायण भण्डारीको अगुवाईमा जम्मा २७ जनाबाट सुरु भएको उक्त सहकारी संस्थामा अहिले ४ सय ६७ जना शेयर सदस्य  रहेका छन।

स्थापनाको सोही मितिमा सहकारी ऐन २०४८ अन्तर्गत सहकारी डिभिजन कार्यालय पाल्पामा दर्ता भएको थियो । शनिवार त्यस सहकारी संस्थाको १६ औं साधरणा सभामा त्यस संस्थाका कोषाध्यक्ष बिष्णुप्रसाद भण्डारीले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन अनुसार गत असार मसान्त सम्म त्यस सहकारी संस्था १ करोड ७३ लाख ४१ हजार ६८८ रुपैयाँ कारोबार गर्ने संस्थाका रुपमा स्थापित हुन पुगेको छ।

Forest
Forest
Ad.

जसको   कुल शेयर पुँजी ७० लाख ५ हजार पुगेको छ। रुपाकोटमा शनिवार सम्पन्न त्यस सहकारी संस्थाको साधरण सभाको उद्घाटन चन्द्रकोट गाउँपालिका अध्यक्ष युवराज खत्री क्षेत्रीले गर्नु भएको थियो। साधारण सभालाई सम्बोधन गर्दै प्रमुख अतिथी खत्री क्षेत्रीले सहकारी स्थापना गर्ने अग्रजहरुको स्मरण र सम्मान प्रकट गर्दै हाल सम्मका पदाधिकारी र  आबद्ध सहकारीकर्मीहरु लाई धन्यवाद दिनु भएको थियो।

कार्यक्रमका बिशेष अतिथी   चन्द्रकोट  गाउँपालिका उपाध्यक्ष बिष्णु प्रसाद भण्डारी ,  चन्द्रकोट गाउँपालिका वडा नम्वर  ७ का वडाअध्यक्ष अनन्तराम भण्डारी ,  चन्द्रकोट गाउँपालिका कार्यपालिका सदस्य विष्णु कला थापा ,  पालिका का सहकारी शाखा प्रमुख  प्रकाश पन्थी लगायतले मन्तव्य राखेका थिए।

त्यस्तै नेपाली काँग्रेस रूपाकोटका उपसभापति  कृष्णप्रसाद  भण्डारी , नेकपा एमाले चन्द्रकोट ७ रूपाकोटका अध्यक्ष खिमराज भण्डारी , नेकपा माओवादी केन्द्र चन्द्रकोट ७ रूपकोट अध्यक्ष  बुद्धिप्रसाद भण्डारी , वडा सदस्य चित्र वहादुर केसि, सहकारीका संस्थापक  सचिव लक्ष्मीप्रसाद भण्डारी  लगायका बक्ताहरुले पनि त्यस सहकारी संस्थाको खुलेर प्रशंसा गरेका थिए।

रुपाकोट बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष  सुमन न्यौपानेको अध्यक्षतामा सम्पन्न साधरण सभा कार्यक्रममा  संचालक समिति सदस्य रविलाल गैरेको स्वागत मन्तव्य र  पुर्व उपाध्यक्ष यज्ञप्रसाद भण्डारीको सञ्चालन रहेको थियो।

Awareness by SKF

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

प्रेम सुनार को बारेमा

पत्रकार प्रेम सुनार चर्चित रेडियो कार्यक्रम ‘ओझेलका खबर’का प्रस्तोता हुन्। उनी ओझेलका खबरका प्रमुख संवाददाता तथा संरक्षक पनि हुन। उनी दर्जनभन्दा धेरै मिडियामा आवद्ध छन्।

प्रेम सुनार द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →