Awareness

Musikot Mahotsav

मुसिकोटमा दोस्रो मुसिकोट कृषि, पर्यटन, खेलकुद, सांस्कृतिक एवं व्यापार मेला हुँदै



ओझेलका खबर संवाददाता
२ महिना अगाडि


Place for ads

गुल्मी: गुल्मी मुसिकोट उद्योग वाणिज्य संघ मुसिकोटको आयोजनामा दोस्रो मुसिकोट कृषि, पर्यटन, खेलकुद, सांस्कृतिक, औद्योगिक एवं व्यापार मेला हुने भएकोे छ । कृषि, पर्यटन, उद्योग र व्यापार: मुसिकोट नगरपालिकाको समृद्धिको आधार भन्ने मुल नारा सहित दोस्रो मुसिकोट महोत्सव आयोजना गर्न तयारी थालिएको हो ।

Forest
Forest
Ad.

पौष १२ देखी २१ गतेसम्म मुसिकोटको केन्द्र वामी टक्सारमा महोत्सव गरिने आज पत्रकार सम्मेलन गरि आयोजकले बताएको छ ।

महोत्सवमा कृषिजन्य उत्पादनको प्रदर्शनी, घरेलु तथा साना उद्योगबाट उत्पादित बस्तुहरुको प्रदर्शनी, विद्यालय स्तरीय शैक्षिक सामाग्री प्रदर्सनी, राष्ट्रिय खेल खुल्ला पुरुष भलिवल प्रतियोगिता, मुसिकोटका विभिन्न झाकी प्रदर्शनी, मुसिकोट लोक गायत तथा नृत्य आईडल, बाल उधान, मुसिकोट भित्रका विभिन्न प्राकृतिक, धार्मिक, साँस्कृतिक, पर्यटकीय तथा ऐतिहासिक सम्पदाहरुको प्रवर्धन, राष्ट्रिय तथा स्थानिय कलाकारहरुको प्रस्तुती लगाएत कार्यक्रम गरिने उपाध्यक्ष लक्ष्मण फुल्देलले बताउनु भयो ।

बैठकले महोत्सव १० दिनसम्म सञ्चालन गर्ने, महोत्सवमा विभिन्न स्थानिय कृषि उपजका साथै औद्योगिक क्षेत्रबाट उत्पादित सामग्रीसँगै नगरपालिका भित्र रहेका सम्पुर्ण पर्यटकीय स्थलहरु मुसिकोट दरवार, वामीको शालीमे दह, वामी कोट, ताराखसे, कुर्घाको मालिका मन्दिर , स्वाँरा होमस्टे, पौदीअमराइको छत्रभुमी मन्दिर, सीता गुफा, तिलेचुली बडागाउको लालीगुरास थुमपार्क, ग्वादीकाचौर, बढिघाट र निस्तिका र्याफ्टिङ सम्भाबित क्षेत्रमा घुम्न जान सकिने गरि तयारी गरिएको वाणिज्य संघका अध्यक्ष गोपिकृष्ण खरेलले बताउनु भयो।

नगरपालिका भित्रका विभिन्न परमपरागत झाकीहरु सराँय नाच, लाखे नाच, भजन, नौमती बाजा, सोरठी, हेम्फाई नाच लगायत संस्कृतिको संरक्षण, झिनिया रोटी लगायत विभिन्न जातजातीका खानाका परिकारहरुको प्रचार प्रसार गरी प्रबद्र्धन गर्ने लक्ष्य राख्दै महोत्सव आयोजना गर्न लागिएको संघका वरिष्ठ उपाध्यक्ष ज्ञानहरी सापकोटाको भनाइ छ ।

महोत्सवकै अवसरमा मुसिकोट आइडलको कार्यक्रम राखीने छ । महोत्सवमा कफीको जननी आँपचौरमा उत्पादन हुने कफी, अर्लाङ्कोटको सुन्तला, तरकारी, मालारानीको माहुरी लगायत अरू कृषिजन्य सामग्रीहरुको प्रदर्शनी हुने छ । महोत्सवमा १५० भन्दा बढी स्टल राख्ने जसमध्ये कृषि प्रदर्सनीका लागि १०, घरेलु तथा साना उद्योगका लागि १० र महिला उधोमीको लागि ५ निशुल्क स्टल र मुसिकोट भित्रका व्यवशायीको लागि १५% छुट हुने गरि तयारी गरिएको छ ।

महोत्सव सञ्चालनको लागि एक मुल समारोह समिति सहित १४ उपसमितिहरु गठन गरिएको आयोजकले बताएको छ ।

Awareness by SKF

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो