संतोष गहतराज, पाल्पा: जिल्लाकाे तानसेन नगरपालिकाको आयोजनमा भवन तथा बाटो निर्माणकर्मी संघका लागि घर नक्सा सम्बन्धी अनुशिक्षण कार्यक्रम सम्पन्न भएको छ। नगरपालिकाले भवन तथा बाटो निर्माणकर्मी संघका पदाधिकारीहरूकाे व्यावसायिक दक्षता अभिवृ द्धि,सुरक्षित निर्माण सम्बन्धी तालिम दिलाईएको हो।
त्यस्तै स्थानीय सरकारका मापदण्ड र नीतिको कार्यान्वयन, आर्थिक बचत र समय व्यवस्थापन, पर्यावरण संरक्षण,रोजगारीका अवसर वृद्धि,निर्माण क्षेत्रमा गुणस्तर सुधार,नगर तथा समाजको समग्र विकासमा टेवा पुर्याउने उद्देश्यले अनुशिक्षण कार्यक्रम गरिएको हाे।
कार्यक्रमका प्रमुख अतिथि तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोष लाल श्रेष्ठले “घर नक्सा सम्बन्धी अनुशिक्षण कार्यक्रम” निकै महत्वपूर्ण रहेको बताए।
निर्माण क्षेत्रले कुनै पनि नगरको समग्र विकासमा ठूलो भूमिका खेल्दछ । निर्माण व्यवसायीहरूलाई आधुनिक, सुरक्षित, र वातावरणमैत्री भवन तथा संरचना निर्माणका लागि अद्यावधिक सीप र ज्ञान हुनुपर्ने आवश्यकता रहेकाले नगरपालिका कार्यक्रम आयाेजना गरेको उनले स्पष्ट पारे।
नगरपालिकाले भवन निर्माणसम्बन्धी नीतिहरू र मापदण्डहरू लागू गर्दै आएको छ । ती मापदण्डहरूको प्रभावकारी कार्यान्वयन, विशेष गरी सुरक्षित र व्यवस्थित विकासका अनुशिक्षण कार्यक्रमले ठूलो भुमिका खेल्ने बताए । यस कार्यक्रममा सिकाइने घर नक्सा बनाउने सीपहरूले व्यावसायिक दक्षता बढाउनेछ, नगर विकासलाई दीगो र समृद्ध बनाउन पनि टेवा पुर्याउने उनको भनाई थियो।
कार्यक्रममा तानसेन नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरिराम नागिलाले अनुशिक्षण कार्यक्रमले नगरलाई योजनाबद्ध विकासतर्फ अघि बढाउन थप टेवा पुग्ने बताए । नक्सा निर्माण, विश्लेषण, र प्रयोगको ज्ञानले नगरको भौतिक पूर्वाधारलाई सुदृढ बनाउनेछ। साथै, वातावरण संरक्षण, प्राकृतिक स्रोतको सही उपयोग र सुरक्षित निर्माणका लागि यहाँ सिकाइने सीपहरूले अझ प्रभावकारी ढंगले कार्य गर्न सघाउने उनले विश्वास व्यक्त गरे।
भवन तथा बाटो निर्माणकर्मी संघमा आवद्ध निर्माणकर्मीहरूकाे सहभागीता रहेको कार्यक्रममा तानसेन नगरपालिकाका इन्जिनियर राम प्रसाद श्रेष्ठकाे समेत सहजीकरण गरेका थिए। कार्यक्रमकाे सञ्चालन नगरपालिकाका सामाजिक विकास अधिकृत भरत आर्चायकाे सञ्चालनमा सम्पन्न भएको थियाे।
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |










