Awareness Campaign

जनस्तरमा राम्रो छाप छोडेर गए कृषि ज्ञान केन्द्रका प्रमुख भण्डारी



प्रेम सुनार
५ महिना अगाडि


Place for ads

गुल्मी: गुल्मीमा एक सरकारी कार्यालयका प्रमुखले सेवा प्रवाहमा यहाँका नागरिकहरुमा गहिरो छापा छाडेर हालै सुरु भएका छन। कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख नवराज भण्डारीले करिव २ बर्षे कार्यकालमा यहाँका नागरिक र स्थानीय सरकारका जनप्रतिनिधी र कर्मचारीहरुमा गहिरो छाप छाडेर हालै कृषि ज्ञान केन्द्र दाङमा सरुवा भई गएका हुन।

२०७८ जृठ २४ गते कृषि ज्ञान केन्द्र गुल्मीको प्रमुखको जिम्मेवारी सम्हाल्न आएका भण्डारीले यस अवधीमा जिल्लामा बाँझो जमिनलाई चक्लाबन्दी गरेर उत्पादनशिल जमिन बनाउन महत्वपुर्ण भुमिका खेले । त्यस्तै सुन्तला उत्पादन बृद्धि गर्ने विभिन्न कार्यक्रमहरु अगाडी सारेर दुई बर्षमा सुन्तलाको उत्पादन ह्वात्तै वृद्धि गरे।

तरकारी, फलफुल, कफी लगायत अन्य खाद्यन्न उत्पादन बृद्धि गर्नमा पनि उनले महत्वपुर्ण भुमिका खेलेको धुर्कोट गाउँपालिका अध्यक्ष लगायतका जनप्रतिनिधीहरुले बताउँदै आएका छन । गुल्मीकै धुर्कोट वस्तु घर भएका उनले आए देखि नै आफ्नो गृह जिल्लामा केहि नयाँ काम गरेर जाने उद्घोष गरेका थिए।

Forest
Forest
Ad.
कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

प्रेम सुनार को बारेमा

पत्रकार प्रेम सुनार चर्चित रेडियो कार्यक्रम ‘ओझेलका खबर’का प्रस्तोता हुन्। उनी ओझेलका खबरका प्रमुख संवाददाता तथा संरक्षक पनि हुन। उनी दर्जनभन्दा धेरै मिडियामा आवद्ध छन्।

प्रेम सुनार द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →