Salime Malika Krishi Farm

Awareness Campaign

कमाउने छोराको दुवै मृगौला फेल भएपछि रायमाझी परिवारद्वारा छोरा बचाइदिन आग्रह



टोपलाल अर्याल
१ वर्ष अगाडि


Awareness

Place for ads

गुल्मी: गुल्मीको इस्मा गाउँपालिका-२, रातडाँडाका २६ बर्षिय सागर रायमाझीको दुवै मृगौला फेल भएका छन। सिराबहादुर र विष्णु रायमाझीका जेठो छोरा सागरको दुवै मृगौला फेल भएपछि विगत ८ महिनादेखि शिक्षण अस्पताल काठमाडौंमा उपचार भईरहेको छ। उनको तत्कालै मृगौला प्रत्यारोपण गर्नुपर्ने भएको र खर्च धेरै लाग्ने भएपछि परिवारले सबैलाई सहयोगको याचना गरेको हो।

अहिलेसम्म पनि थुप्रै खर्च लागेको र घरको आर्थिक अवस्था अत्यन्तै कमजोर भएका कारण सहयोग गरेर छोरा बचाइदिन बुवा सिरा बहादुर रायमाझीले आग्रह गरे। घरको आर्थिक अवस्था कमजोर भएकै कारण सानो उमेरमा विदेशीएका रायमाझी दुवै मृगौला फेल भएपछि अहिले उपचारका लागि अस्पतालको बेडमा छट्पट्याउँदै सहयोगको अपिल गरेका छन्।

उनकी आमा विष्णु रायमाझीले घरको साहारा बनेको छोरा नै रोगसँग लडिरहँदा उपचारका लागि आर्थिक अभावमा तड्पिने अवस्था रहेको बताइन्।

सिंचाई
Forest
Ad.

सहयोगको लागि सागरको आमा विष्णु रायमाझीको बैंक खाता विवरण बैक ग्लोवल आइएमई बैंक, खाता नं. ०७००७०१००११८३३ र सम्पर्क न ९८४७२३४७६३, ९८४७५७२१२३ रहेको परिवारले जनाएको छ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

टोपलाल अर्याल को बारेमा

टोपलाल अर्याल नेपाल पत्रकार महासंघ, गुल्मीका पुर्व अध्यक्ष हुन्।

टोपलाल अर्याल द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →