Clean Water Campaign

Awareness Campaign

नारायणगढ-मुग्लिन सडकमा बस र माइक्रोबस ठोक्किँदा चारको मृत्यु



ओझेलका खबर संवाददाता
८ महिना अगाडि


Awareness

Place for ads

चितवन: चितवनको भरतपुर महानगरपालिका वडा नं. २९ सत्रकिलो भन्ने ठाउँमा आज बिहान बस र माइक्रोबस ठोक्किँदा ४ जनाको मृत्यु भएको छ। नारायणगढ-मुग्लिन सडक खण्डमा दुर्घटना भएको हो।

दुर्घटनामा घाइते भएकामध्ये थप दुई जनाको अवस्था गम्भीर रहेको चितवन जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मृत्यु हुने र गम्भीर घाइते हुने सबै माइक्रोबसका यात्रुहरू हुन् । बसमा रहेका चार जना सामान्य घाइते भएका छन् ।

मुग्लिनबाट नारायणगढतर्फ आउँदै गरेको बा प्र ०६–००१ज ०२९८ नम्बरको विद्युतीय माइक्रोबस र नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको बा प्र ३–००१ ख २८१२ नम्बरको बस ठोक्किएका हुन् । घाइतेमध्ये गोरखा जिल्ला आरुघाट गाउँपालिका–१ मान्बुका अन्दाजी ४०/४२ वर्षका राजबहादुर गुरुङको मृत्यु भएको छ । त्यसैगरी चितवन मेडिकल कलेजको भरतपुरमा रहेको शिक्षण अस्पतालमा गम्भीर अवस्थामा उपचार भइरहेकी अन्दाजी ४० वर्ष जतिकी महिलाको पनि मृत्यु भएको छ ।

सिंचाई
Forest
Ad.

अन्दाजी ३२ वर्षका पुरुष र ३५ वर्षका अर्को पुरुषको पनि उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । नाम ठेगाना नखुलिसकेका यी तीनैजना माइक्रोबसका यात्रुहरू हुन् ।

माइक्रोबसका चालकको भरतपुरको सरकारी अस्पतालमा उपचार भइहरेको छ । बसका सहचालक काठमाडौं महानगरपालिका–३२ बस्ने ३० वर्षका भोजविक्रम शाह पनि सामान्य घाइते रहेको चितवन जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बसका घाइतेमध्ये दुईजना उपचारपछि डिस्चार्ज भइसकेका छन् । दुर्घटनाको कारणका बारेमा अनुशन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो