Salime Malika Krishi Farm

Awareness Campaign

तिहारको टिका लगाउन माइत गएकी गुल्मीकी एक महिला बेपत्ता



प्रेम सुनार
१ वर्ष अगाडि


Awareness

Place for ads

गुल्मी: गुल्मीको मदाने गाउँपालिका-३, सिर्सेनी सिम गाउँकी एक महिला गत तीन दिन देखि बेपत्ता भएकी छन।

त्यस गाउँका भागवत बिककी २७ बर्षिया श्रीमति राधा बिक तिहारको भाईटिका लगाउन कपिलवस्तुको बुद्धभुमी नगरपालिका-१, बिरपुर माईती घर गएकी र कार्तिक १० गते बिहान ३ बजे देखि माईती घरबाटै बेपत्ता भएको उनका बाबु जंग बहादुर बिकले बताए। ‘सबै आफन्त र शंका लागेको ठाउँ खोजियो। कतै फेला नपरे पछि सञ्चार माध्यको सहारा लिन बाध्य भएका हौँ’, बाबु जंगबहादुरले भने।

दशैँ मानेर भारतमा पुगेका श्रीमान भागवत श्रीमति बेपत्ता भएको खबर पाउन साथ घर आई यति बेला ससुराली कपिलवस्तु पुगेका छन।

सिंचाई
Forest
Ad.

खोजतलासका लागि उनले पत्थरकोट प्रहरी मार्फत गोरुसिंङ्गे ईलाका प्रहरी कार्यालमा निवेदन दिएको बताए। अन्दाजी ५ फिट उचाई भएकी गहुँगोरी वर्ण भएकी उनलाई देख्नु भेट्नु हुने महानुभावले नजिकको प्रहरी चौकी वा उनका बाबुको मोबाईल नम्बर ९८६११९८७६४ वा श्रीमानको ९८४७१४३०४५ नम्बरमा फोन गरेर सुचित गरिदिन आग्रह गरिएको छ।

२०७२ सालमा विवाह गरिएकी उनका दुई छोरीहरु छन।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

प्रेम सुनार को बारेमा

पत्रकार प्रेम सुनार चर्चित रेडियो कार्यक्रम ‘ओझेलका खबर’का प्रस्तोता हुन्। उनी ओझेलका खबरका प्रमुख संवाददाता तथा संरक्षक पनि हुन। उनी दर्जनभन्दा धेरै मिडियामा आवद्ध छन्।

प्रेम सुनार द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →