Awareness Campaign

वामी-विश्व सम्पर्क मञ्च, ठूलाखर्क इकाइद्वारा मृगौला पीडित र अपाङ्गता भएकालाई सहयोग प्रदान



ओझेलका खबर संवाददाता
६ महिना अगाडि


Place for ads

गुल्मी, कार्तिक १८: मुसिकोट नगरपालिका वार्ड नं. ८ ठुलाखर्क गुल्मीमा केन्द्रित रहेर २०७७ सालमा गठन भएको विश्व सम्पर्क मञ्चको एकमात्र इकाई संस्था ‘वामी-बिश्व सम्पर्क मञ्च ठुलाखर्क इकाई’ले यो वर्षको तिहारको अवसर पारेर हिजो कार्तिक १८ गते एक कार्यक्रम गर्दै ठूलाखर्कमा रहेका मृगौला पीडित तथा सुस्त मनस्थितिका अपाङ्गता भएका चारजना व्यक्तिहरूलाई हौसला प्रदान गर्ने उद्देश्यसहित स-सम्मान आर्थिक सहयोगको कार्यक्रम सम्पन्न गरेको छ।

आफ्ना दुवै मिर्गौलाले काम गर्न छोडेपछि लामो समयदेखि डायलासिस गराउँदै आउनुभएका घैयार निवासी नरबहादुर विश्वकर्मा लगायत अपाङ्गता भएका अरु तीनजना युवाहरु फटिक विश्वकर्मा, जितबहादुर बिक र रामप्रसाद खरेल गरी चार जनालाई इकाईका अध्यक्ष हुमाकान्त खराल, लेखा संयोजक गोविन्द खरेल, समिति सदस्य हुमकला पौडेल, गाउँ संयोजक भुपाल विश्वकर्मा, सल्लाहकारहरु मेघनाथ खरेल, टिकाबहादुर विक लगायतको उपस्थितिमा गाउँवासी बिचमा मृगौला पिडितलाई नगद रु. २०,०००/- (बिस हजार) र अरुलाई जनही नगद रु. ५,०००/- (अक्षरुपी पाँच हजार) आर्थिक सहयोग प्रदान गरिएको थियो।

उक्त कार्यक्रमलाई छोटो सम्बोधन गर्दै अध्यक्ष खरालले संस्थाले विगतमा पनि विभिन्न व्यक्तिहरूलाई आर्थिक सहयोग गर्दै आइरहेको र आगामी दिनमा पनि यो कार्यक्रमलाई निरन्तरता दिँदै लगिने बताउनुभयो। इकाई स्थापना भएदेखि मानविय सहयोगका साथसाथै टोलटोलमा स्वास्थ्य सामाग्री वितरण, मसानघाटमा सत्तल निर्माण, कमलपोखरी पुनर्निर्माण, पौवा निर्माण, वृक्षारोपण लगायत गाउँमा भैपरी आउने प्राकृतिक विपदहरुमा पनि मानवीय सेवा सहायताको कर्म‌हरु गर्दै आएको छ।

Forest
Forest
Ad.

निरन्तर सेवा सहायताका कर्म गर्दै आउनुभएकोमा इकाइका अध्यक्ष हुमाकान्त खराल, महासचिव कुशल खरेल लगायत सिंगो इकाई समिति प्रति गाउँवासीले हार्दिक आभार व्यक्त गरेका थिए।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो