Salime Malika Krishi Farm

Awareness Campaign

एसएस फाउण्डेसनले फुटबलर अमिशा कार्कीलाई नगद एक लाखसहित गर्यो सम्मान



ओझेलका खबर संवाददाता
१ वर्ष अगाडि


Awareness

Place for ads

काठमाडौँ: नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी सदस्य अमिशा कार्कीलाई एसएस फाउण्डेसनले एक लाख नगद पुरस्कारसहित सम्मान गरेकाे छ।

फाउण्डेसनले शुक्रवार काठमाडौँमा एक कार्यक्रम गर्दै कार्कीलाई नगदसहित सम्मान गरेको हो। फाउण्डेसनका संरक्षक सोभित उप्रेती र अध्यक्ष वरिष्ठ कलाकार मदनदास श्रेष्ठले अमिशालाई नगद एक लाख पुरस्कारसहित सम्मानपत्र प्रदान गरे।

गत बुधवार मात्र सम्पन्न साफ महिला च्याम्पियनसिपमा नेपाललाई फाइनलसम्म पुर्याउन अमिशाको महत्वपूर्ण भूमिका थियो। उनले फाइनलमा बंगलादेशविरुद्ध गोलसमेत गरेकी थिइन्।

सिंचाई
Forest
Ad.

सम्मान कार्यक्रममा अमिशाले समर्थकको राम्रो साथका बाबजुद यसपल्ट उपाधि जित्न नसके पनि आगामी संस्करण जसरी पनि सफलता प्राप्त गर्ने विश्वास व्यक्त गरिन्। हरेक क्षेत्रबाट खेलाडीलाई सम्मान गर्दा प्रोत्साहन मिल्ने उनकाे भनाइ छ।

फाउण्डेसनका संरक्षक उप्रेतीले खेलाडीहरूले पूर्वाधार, सेवा सुविधाका कमी हुनुको बाबजुद यो सफलता प्राप्त गरेको अवस्थामा उनीहरूलाई प्रोत्साहन गर्न सम्मान गरिएको बताए।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो