Awareness

Get Vaccinated

गायक प्रकाश सापकोटा र गीतकार हेमनाथ खरालको ‘पिपल छहारी’ बजारमा (भिडियो सहित)



ओझेलका खबर संवाददाता
१ मिनेट अगाडि


Place for ads

काठमाडौं: गुल्मीको मुसिकोट नगरपालिका सहित वामीको विषयमा केन्द्रित रहेर लोक तथा दोहोरी गायक प्रकाश सापकोटाको ‘पिपल छहारी’ बोलको गीत बजारमा आएको छ। गीतमा सापकोटा संगै गायिका सुनिता बुढाक्षेत्रीको स्वर रहेको छ।

हेमनाथ खरालको शब्द अनि लय रहेको गीतको एरेन्ज रामचन्द्र चन्दले गरेका छन्। यस्तै दुई प्रेम गर्ने प्रेमीबीचको प्रेममा तगारो पछिको भावलाई मूख्य कथा बनाइएको भिडियोमा गायक स्वयम् सापकोटा यशु भट्टराईको अभिनय रहेको छ। गुल्मीको वामी मैदान, देउराली, शालिमे लगायतका क्षेत्रहरुको विषयमा गीत केन्द्रित छ।

गीतलाई गायक तथा संगीतकार रामचन्द्र चन्द्रको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ। गायक सापकोटा यतिवेला अष्ट्रेलियामा रहेका छन् भने लेखक खराल दक्षिण कोरियामा बसोबास गरिरहेका छन्। यसपटक नेपाल गएको अवसरमा गायक सापकोटाले ‘पिपल छहारी’ सहित केही गीतहरु रेकर्ड गरेर आएका थिए।

स्वदेशमा रोजगारीको अवसर नभएर विदेशिनु बाध्यता भएपनि प्रवासमा रहेका सर्जक, कलाकारहरुमा गजबको देशप्रेम र मौलिक संस्कृति प्रतिको माया देखिन्छ। त्यसै मध्येका हुनुहुन्छ यस गीतका गायक प्रकाश सापकोटा र गीतकार हेमनाथ खराल।

मुसिकोट नगरपालिका-८, आगोपार्ने माझखर्कमा सन १९९९ मा जन्मेर वामी क्षेत्रलाई मात्र नभएर समग्र गुल्मी बाग्लुङ सेरोफेरो मा तीन/चार दशक सम्म सक्रिय स्वास्थ्य सेवा प्रदान गर्नु भएका शिक्षा/स्वास्थ प्रेमी स्वर्गीय लिलाम्बर सापकोटाको स्मृतिमा उहाँको नाती प्रकाश सापकोटाले यो कालजयी गीत गाएको यस गीतका सर्जक हेमनाथ खरालले बताए।

लोकलयको क्षेत्रमा लामो समयदेखि संघर्ष गरिरहेका गीतकार हेमनाथ खरालको लय/शब्दमा सुसज्जित यो सिर्जना उत्कृष्ट रहेको छ। प्यारो मुसिकोट, गुल्मी अर्लाङकोट, मगर मेला, ठुलाखर्क प्यारो गाउँ जस्ता वृतचित्र गी संग्रहहरुमा कलम चलाएका लोक श्रजक हेमनाथ खराल भन्छन्, ‘यो शृजनाले धेरै दर्शक श्रोताको माया पायो भने पिपल छहारी भाग दुई पनि निर्माण गर्ने हौसला मिल्नेछ।’

   
कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

Awareness by SKF

तपाईलाई यो खबर कस्तो लाग्यो