Salime Malika Krishi Farm

Awareness Campaign

मुसिकोट तोलादीमा खुल्ला तीज गीत गायन तथा नृत्य प्रतियोगिता आयोजना गरिने



ओझेलका खबर संवाददाता
२ वर्ष अगाडि


Awareness

Place for ads

गुल्मी: तोलादी संस्कृति संरक्षण मञ्चद्वारा यहि भदौ १५ गते खुल्ला मौलिक तीजगीत प्रतियोगिता तथा तीज मेला-२०८१ आयोजना हुन गइरहेको छ। प्रतियोगिता ‌मुसिकोट नगरपालिका-३, तोलादी स्थित तोलादी प्राथमिक विद्यालयको प्राङ्गणमा सञ्चालन हुने बताइएको छ।

मुसिकोट-३, तोलादीका समाजसेवी र युवाहरुको सक्रियतामा आयोजना गर्न लागिएको प्रतियोगिताको संयोजकत्व युवा समाजसेवी वसन्त अधिकारीले गरिरहनुभएको छ। प्रतियोगितामा सहभागी हुने टिममा वाद्यवादक सहित बढिमा १० हुनुपर्ने र गीत मौलिक संस्कृति झल्किने, समसामयिक, नारी सचेतना मुलक हुनुपर्ने आयोजकले जनाएको छ।

प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान हासिल गर्ने समूहलाई क्रमशः रु. ८,८८८/-, रु. ६,६६६/-, रु. ४,४४४, रु. २,२२२/- नगद पुरस्कारका साथै प्रमाणपत्र प्रदान गरिने बताइएको छ। उत्कृष्ट नृत्य, गायन र वाद्यवादन गर्ने व्यक्तिलाई जनही रु. एक हजार प्रदान पनि गरिनेछ।

सिंचाई
Forest
Ad.

कार्यक्रममा चर्चित डान्सर लक्ष्मण भण्डारी र लोक गायक कमल बरालको प्रस्तुति पनि रहने बताईएको छ। प्रतियोगितामा सहभागी हुन चाहने टिमले भदौ १५ गते बिहान ११ बजेसम्म नाम दर्ता गराइसक्नुपर्नेछ।

 

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

Awareness by SKF

तपाईलाई यो खबर कस्तो लाग्यो