Hi-Speed Computer

Awareness Campaign

एनआरएनए, चेकको आयोजनामा राजधानी प्रागमा सांस्कृतिक कार्यक्रम सम्पन्न



ओझेलका खबर संवाददाता
९ महिना अगाडि


Awareness

Place for ads

प्राग, १८ अगस्ट २०२४: गैरआवासीय नेपाली संघ (एनआरएनए) चेक रिपब्लिकद्वारा प्रागको लुम्बिनी रेस्टुरेन्टमा आयोजित नेपाली सांस्कृतिक कार्यक्रम एक भव्य समारोहका रूपमा सम्पन्न भयो। यस कार्यक्रमले चेक रिपब्लिकमा रहेका नेपाली समुदायलाई एकताबद्ध गर्दै, आफ्नो संस्कृति र परम्परालाई जगेर्ना गर्ने अवसर प्रदान गर्‍यो।

कार्यक्रमको मुख्य आकर्षण नेपाली लोकसंगीतका प्रतिष्ठित गायक विष्णु खत्रीको उपस्थिति रहेको थियो। बागलुङ जिल्लामा जन्मिएका खत्रीले तीन दशकभन्दा बढी समयदेखि नेपाली लोकसंगीतमा अमूल्य योगदान पुर्‍याउँदै आएका छन्। उनको आवाजमा प्रस्तुत लोकगीतहरूले दर्शकहरूलाई मन्त्रमुग्ध बनायो र नेपाली ग्रामीण जीवनको मौलिकता र मिठासलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्‍यो।

Forest
Forest
Ad.

अर्को प्रमुख आकर्षणको रूपमा, आलिशा सापकोटाले स्वागत नृत्य प्रस्तुत गरिन्, जसले कार्यक्रमलाई विशेष ऊर्जा प्रदान गर्दै दर्शकहरूको मन छुन सफल रह्यो।

कार्यक्रममा एनआरएनए चेक रिपब्लिकका वर्तमान अध्यक्ष वैकुण्ठ रायमाझी र अञ्जना रायमाझीले लाइभ नौमती बाजामा गित गायर रमाइलो गराएका थिए, जसले कार्यक्रमलाई थप रोचक र जीवंत बनायो। पञ्चे बाजा टोलीले प्रस्तुत गरेको धुनले पनि सहभागीहरूको मन रमायो, र पञ्चे बाजाको धुनमा सहभागीहरूले झमझम नाच्दै नेपाली संस्कृतिको झल्को अनुभव गरे।

कार्यक्रममा अतिथिका रूपमा पूर्व अध्यक्ष जितेन्द्र रायमाझी, छत्र बाहादुर अधिकारी, र यदुराम पन्थी उपस्थित थिए। सल्लाहकारका रूपमा डा. कृष्णा सापकोटा, डा. सुनिल अधिकारी, जीवन केसी, शिव खरेल, चन्द्र अधिकारी, पाण्डव अधिकारी, जमुना अधिकारी, करुणा रायमाझी, अञ्जिला सिंह, र नेपालबाट आएका उपस्थित अभिभावकहरूले कार्यक्रमलाई थप गरिमा प्रदान गर्‍यो। INAS का सदस्यहरू अतिथिका रूपमा उपस्थित थिए, जसमा पूर्व अध्यक्ष अञ्जना रायमाझी जसले कार्यक्रमलाई थप गरिमा प्रदान गर्‍यो।

कार्यक्रमले चेक रिपब्लिकमा रहेका नेपालीहरूबीचको सम्बन्धलाई सुदृढ बनाउँदै, आफ्नो भाषा, संगीत, र संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्ने महत्त्वलाई पुनः पुष्टि गर्‍यो। उपस्थित सबैले कार्यक्रमको भरपुर आनन्द उठाए र यस्तो कार्यक्रमहरूले विदेशमा रहेका नेपालीहरूलाई आफ्नो जरा र पहिचानसँग जोडिराख्न मद्दत पुर्‍याउने कुरा व्यक्त गरे।

Awareness by SKF

यो सांस्कृतिक कार्यक्रमले नेपाली समुदायलाई केवल मनोरञ्जन मात्र नभई, आफ्नो जरा र पहिचानलाई जीवन्त राख्नका लागि प्रेरणा पनि प्रदान गर्‍यो। यस कार्यक्रमले भविष्यमा पनि यस्ता कार्यक्रमहरूको आवश्यकता र महत्त्वलाई उजागर गरेको छ, जहाँ नेपालीहरू एक ठाउँमा भेला भएर आफ्नो संस्कृति र परम्परालाई बचाइराख्न सक्छन्।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो