Awareness

Get Vaccinated

कञ्चनपुरमा बाघको आक्रमणबाट एकजनाको मृत्यु



प्रेम सुनार
२ महिना अगाडि


Place for ads

१७ ,साउन धनगडी ,बिहिबार  बिहान कन्चनपुरमा बाघकाे आक्रमणबाट एक जना महिलाकाे  मुत्यु भएको छ ।

दोधारा चाँदनी नगरपालिका-२, कमलसा टोलमा बाघको आक्रमणबाट आज बिहान २३ वर्षीय हिरा शाहको मृत्यु भएको छ  ।
जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका प्रवक्ता डीएसपी उमेश जोशीका अनुसार ति महिलाकाे आज बिहान बाघकाे आक्रमणबाट  मुत्यु भएको छ ।
ती महिला आज बिहान सबेरै खेतमा धान गोडिरहेको अवस्थामा पछाडिबाट बाघले एक्कासी आक्रमण गरेर उनलाई घिसार्दै लगेको प्रहरीको भनाइ छ।
हिरालाई मुखमा झुण्डाएर घिसार्दै लग्ने क्रममा स्थानीयले देखेपछि उनीहरूले तुरुन्तै प्रहरीलाई खबर गरिसकेका थिए।
त्यो खबर सुने लगत्तै प्रहरी टोली खोज तलास गर्दै जाँदा प्रहरीले हिरालाई नजिकै रहेको खुबारीमा मृत्यु अवस्थामा फेला पारेपछि उनका परिवारलाई जानकारी गराएको थियो।
हिराको सब पोस्टमार्टमका लागि दोधाराचाँदीस्थित अस्पतालमा राखिएको छ ।
कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

प्रेम सुनार को बारेमा

पत्रकार प्रेम सुनार चर्चित रेडियो कार्यक्रम ‘ओझेलका खबर’का प्रस्तोता हुन्। उनी ओझेलका खबरका प्रमुख संवाददाता तथा संरक्षक पनि हुन। उनी दर्जनभन्दा धेरै मिडियामा आवद्ध छन्।

प्रेम सुनार द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →