Awareness

Get Vaccinated

गुल्मी कारागारमा उद्योगबाट ८ करोडको कारोबार



प्रेम सुनार
२ महिना अगाडि


Place for ads

     

  खै तिम्रो एक पालिका एक उद्योग ग्राम स्थानीय सरकार ?
प्रेम सुनार
गुल्मी, साउन १३ । एक पालिका एक उद्योग ग्राम यस्तो सरकारी नारा गुल्मी जिल्लाको हकमा नारा मै सिमिति छ । तर, गुल्मी जिल्लाका कैदी बन्दीहरुले भने आफ्नै बलबुताबाट स्थानीय सरकारलाई उद्योग कसरी सञ्चालन गर्नु पर्छ ? भन्ने पाठ सिकाउँदै जेल भित्रै जिल्ला कै उत्कृष्ट उद्योग ग्राम संचालनमा ल्याएका छन ।

जहाँ बार्षिक ८ करोड बढिको कारोबार हुने गरेको छ । अन्य उद्योग सहित त्यस भित्र सञ्चालनमा आएको फर्निचर यहाँका बहिरि स्वतन्त्र ब्यक्तिहरुले सञ्चालनमा ल्याएका फर्निचरमा उत्पादन हुन नसकिने फर्निचरहरु उत्पादन हुने गरेका छन । बिशेषतः भक्तपुरे प्यागोडा शैलीको काष्ठ कलला त्यस कारागार भित्र बन्ने भएकाले यहाँको स्थानीय सरकारले निर्माण गर्ने मठमन्दिर, प्यागोडा शैलीका भवनहरुका झ्याल ढोका त्यसै कारागार भित्र निर्मणको जिम्मा दिईदै आएका छन ।

परिवन्धमा परी जेलमा परियो , जिन्दीकी बर्बाद पारियो भन्ने पहिला पहिला विभिन्न अभियोगमा जेल जानेहरुले भन्ने गर्दथे । जेललाई सरकारी भाषामा कारागार भनिन्छ । अहिले कारागारको सटटा सुधार गृह भन्न थालिएको छ । सायद सबै तिर कारागार सुधारगृह बनेको छैन होला तर गुल्मी जिल्ला कारागार ब्यबहारमै सुधारगृह बनेको त्यस भित्रको उद्योग धन्धा र त्यहाँका बन्दीहरुको अनुशासनले देखाउँछ ।

त्यहाँ भित्र पुगेर अवलोकन गर्दा कैदी बन्दिहरु कसैलाई पनि फाल्तु कुरा गरेर बस्ने फुर्सद थिएन । सबै काममा ब्यस्त थिए । कारागार बाहिरका स्वतन्त्र मानिसहरु मध्ये कैयौं मानिस आफु बेरोजगार रहेको भन्दै कामको खोजीमा हिडेको सुनिन्छ ।

तर काँडेतार भित्रको साँघुरो ठाउँका ती कैदी बन्दीहरुलाई भने कामै काम देखियो । त्यहाँ कुनै एउटा मात्रै उत्पादन छैन , बहु उत्पादन छ । बार्षिक कारोबारको तथ्या क हेर्ने सुन्ने हो भने गुल्मी जिल्लाकै उत्कृष्ट औद्योगिक ग्रामका रुपमा बिकास भएको छ । काष्ठ कला , त्यसको माग र कारोबार हेर्ने हो भने गुल्मी जिल्लामा त्यति ठुलो फर्निचर उद्योग कतै देखिदैन ।

त्यस कारागार भित्र जिल्ला भित्र बाहिर कुनै फर्निचरमा बन्न नसक्ने काष्ठ कला र विभिन्न हस्ताकला उत्पादन भईरहेका छन । कुनै पनि उत्पादनलाई बजारको कमी छैन । जिल्ला देखि बाहिर सम्म माग थेग्न बन्दी कैदी श्रमिकहरुलाई मुस्कील परिरहेको छ ।
बाहिरका फर्निचर समेत काष्ठकलाको अर्डर दिन पुग्छन
त्यस कारागारका चौकीदार हरि थापाका अनुसार रुरुक्षेत्र गाउँपालिकाले निर्माण गर्न लागेको प्यागोडा शैलीको मन्दिर , त्यस्तै रेसुङ्गा नगरपालिकाले वडा नम्वर ३ को भाडागाउँमा बनाएको त्यस्तै मन्दिर , यसैपालिका तम्घासको शिद्धबाबा बिद्यालय भवन , धुर्कोट गाउँपालिकाले वडा नम्वर ५ वस्तुमा बनाउने लागेको प्यागोडा शैलीको शैक्षिक संग्राहलय भवन, धार्मिक र पर्यटकिय क्षेत्र अजुर्न लेकको कलात्मक भवन त्यसै कारागारको फर्निचरमा निर्माणको जिम्मा दिईएको छ । पोखरा सहित विभिन्न जिल्ला र स्थानीय सरकारले निर्मार्ण गर्ने संरचनाको माग थेग्न गाह्रो भएको कारागार प्रमुख रेश्मीराज पन्थी बताउँछन । उनका अनुसार मासिक ८० लाख बढिको कारोबार हुने गरेको छ । बार्षिक ८ करोड बढिको कारोबार हुने गरेको छ ।
एउटै ढोकाका मुल्य १४ लाख
त्यस भित्र बन्ने प्यागोडा शैलीको कलात्मक भक्तपुरे ढोकाको मुल्य १४ लाख पर्ने गरेको छ र गत एक बर्षमा त्यस्ता ढोका २७ वटा विक्री भएको चौकीदार थापा बताउँछन ।
११६ जना कैदी बन्दी रहेका छन । दुई जना नावालक र दुई जना अपाङ्गा बाहेक अन्य सबैले राजगार पाएका छन । अर्धदक्ष कामदार मध्ये न्युनत मासिक आठ हजार देखि २२ देखि ३२ हजार सम्म तलव खाने दक्ष सिकर्मीहरु त्यस भित्र रहेका छन । सदरमुकाम तम्घासका फर्निचरहरुले भक्तपुरे काष्ठकला निर्मार्णको जिम्मा दिन कारागारको फर्निचर मै आउने गरेका छन । गुल्मी जिल्लाको फर्निचर सहितको उत्कृष्ट उद्योग ग्राम े कारागार भित्रै रहेको कारगार प्रमुख पन्थीको दावी छ ।

Awareness by SKF

फर्निचरका अलवा मुढा सहित बासका अनेकन हस्तकला , अन्य विभिन्न वस्तुका आकर्षक उपभोग्य र सजावटका सामग्रीहरु उत्पादन हुने गरेका छन । महिलाहरुका पर्स , झोला , ढाका उद्योग र सिलाई कटिङ्ग पनि त्यही हुने गरेको छ । त्यस भित्रको उत्पादन नियाल्दा त्यसलाई कारागार होईन कारखाना हो भन्ने महसुस हुन्छ । त्यस कारागारले उद्योग ग्रामको रुप लिएको दुई बर्ष भयो । उद्योगकोलाई बृहद्ध बनाउन र कारगार भित्रको भौतिक पुर्वधार सुधार्न चौकीदार थापाको पनि महत्वपुर्ण भुमिका रहँदै आएको कारागार प्रमुख पन्थीको भनाई छ । थापा अन्य जिल्लाको कारागारबाट आएको दुई बर्ष भयो ।

कारागार प्रमुख पन्थीका अनुसार केन्द्रिय कारागार पछि ईलाम जिल्ला कारागार र गुल्मी जिल्ला कारगार उद्योग ग्रामका रुपमा देश कै नमुना कारागारमा पर्ने गरेका छन ।
५७ बर्ष पछि कारागार सुधार
गुल्मी जिल्ला कारागारलाई सुधार गृहका रुपमा विकास गर्न २०७९ सालमा प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हाल्न आएका सागरमणि पाठकले सुरु गरेको र अहिलेको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले कारागार सुधार देखि उद्योग ग्रामको विकासका लागि महत्वपुर्ण भुमिका खेलीको कारागार प्रमुख पन्थीको भनाई ।

गुल्मी जिल्ला कारागारको क्षमता २५ जनाको हो तर कैदी बन्दीको संख्या अहिले ११६ जनाको छ । सुत्ने ठाउँ नहुँदा बन्दीहरुले निकै कष्ट भोगेका थिए । अघिल्लो बर्ष हामी त्यहाँ पुग्दा चिसो भुँईमा पातलो पिफम ओछाएर सुतेका हुन्थे । २०२४ सालमा टिनले छाएको कच्ची भवन अहिले ५७ बर्ष पुरानो भयो । जस्तापाता जिर्ण भई पानी आउँदा चुहेर बेहला हुन्थ्यो । अहिले ति जस्तापाता फोलर ढलान गरिएको छ । विस्तरा पढाउनका लागि पलङ्गका तला थपियो । बिस्तरा सुविधा सम्पन्न बनाईएको छ ।

शैचालय , वाथरुप , भुँईमा कार्पेट ,कोठै पिच्छे टेलिभिजन , तातो चिसो पानीको ब्यवस्था र फिल्टर राखिएको छ । स्टोर भान्छा काठाको सजवट देखि हरेक प्रकारको सुविधा पनि सदरमुकामका मझौला खालकाा होटलमा भन्दा बढि उपलब्ध छ । कारागारको प्रवेशद्धार भित्र पसे पछि कोही बुढा बुन्न , कोही काठको काम गर्न , महिला बन्दीहरु सिलाई कटाई र ढाका बुन्नमा ब्यस्ता थिए ।

पछिल्लो दुई बर्ष मै कारागार भित्र उद्योगको बिकास र भौतिक पुर्वधार सुधारमा प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले महत्वपुर्ण भुमिका खेलेको कारागार प्रमुख पन्थीले बताए । प्रजिअ शर्मा भन्छन कारागार साँघुरो छानो जिर्ण भए पछि बन्दीहरुलाई सुत्ने ठाउँ बिद्यार्थीहरुको होस्टेलहरुमा बिस्तरा माथी विस्तराको ब्यवस्था मिलाईएको , छतढलान गरी महिला बन्दीहरुलाई सुत्ने कोठा फराकिलो पारिएको र सबैलाई छतमा कपडा सुकाउने सुविधा पनि उपलब्ध गराईएको बताए । उनले त्यहाँको उद्योगलाई बढाउने अझ केहि गरिने सुनाए ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

प्रेम सुनार को बारेमा

पत्रकार प्रेम सुनार चर्चित रेडियो कार्यक्रम ‘ओझेलका खबर’का प्रस्तोता हुन्। उनी ओझेलका खबरका प्रमुख संवाददाता तथा संरक्षक पनि हुन। उनी दर्जनभन्दा धेरै मिडियामा आवद्ध छन्।

प्रेम सुनार द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →