Smoking Causes Cancer

तीन दिन अघिदेखि तम्घासबाट बेपत्ता उपाध्यायको शव रेसुङ्गाको वनमा फेला



प्रेम सुनार
११ महिना अगाडि


Place for ads

गुल्मी, साउन ३१: यही साउन २८ गते बिहान करिब पौने ९ बजेतिर घरबाट निस्किएका तमघासका तारा प्रसाद उपाध्याय आज दिउँसो रेसुङाको वनमा मृत भेटिएका छन।

जिल्ला प्रहरी कार्यालय गुल्मीका सुचना अधिकारी डिएसपी गङ्गा बहादुर सारुले हामीलाई पठाएको विवरण अनुसार रेसुङ्गा नगरपालिका-९ घर भई सोही वडाको चारीखोलामा कोठा भाडामा बस्ने बर्ष ४६ का उपाध्याय साउन २८ गते बिहान अन्दाजी ८:४५ बजे देखि कोही कसैलाई नसोधी घरबाट हिँडेका थिए।

फर्कि नआएकोले खोजतलासका लागि निजको छोरी रविना उपाध्यायले साउन २९ गते जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएकी थिईन। सो कार्यालयले खोजतलास गर्दै जाने क्रममा आज दिउँसो अन्दाजी साढे १ बजेको समयमा जिल्ला गुल्मी सोही वडाको सुगुँर खाल स्थित रेसुङ्गा सामुदायिक वनमा अँयराको रुखमा टेलिफोनको केवल तारको पासो घाँटीमा लगाई झुण्डी मृत अवस्थामा फेला परेको प्रहरीले सूचना पाएको थियो।

सिंचाई
Forest
Ad.

सुचना पाउन साथ त्यस कार्यालयका प्रहरी निरीक्षक चोप बहादुर ढेगाको कमाण्डमा प्रहरी टोली खटिइ गई, लाश जांच मुचुल्का समेतको कार्य सम्पन्न गरी पोष्टमार्टम पश्चात सदगदको लागि जिम्मा दिईएको र थप अनुसन्धान भइरहेको जनाईएको छ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

प्रेम सुनार को बारेमा

पत्रकार प्रेम सुनार चर्चित रेडियो कार्यक्रम ‘ओझेलका खबर’का प्रस्तोता हुन्। उनी ओझेलका खबरका प्रमुख संवाददाता तथा संरक्षक पनि हुन। उनी दर्जनभन्दा धेरै मिडियामा आवद्ध छन्।

प्रेम सुनार द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →