Smoking Causes Cancer

गलकोटमा भ्यान दुर्घटना, ६ जना घाइते



लालु प्रसाद गैरे
११ महिना अगाडि


Place for ads

गलकोट, बागलुङ, भदौ ६: गलकोट नगरपालिका-५, शिवालय मन्दिरनजिकै भ्यान दुर्घटना हुँदा ६ जना घाइते भएका छन्।

गलकोट बहुमुखी क्याम्पसमा दर्ता भएको ग १ झ ७४३ नम्बरको भ्यान हरिचौरबाट हटिया आउँदै गर्दा सडकको मोडमै नियन्त्रण गुमी दुर्घटना भएको इलाका प्रहरी कार्यालय गलकोटले जनाएको छ।

घाइते हुनेमा सुस्मिता बि.क (१८ वर्ष), प्रमिला बि.क (१८ वर्ष), मोहोन सिंह सुनार (२५ वर्ष), जिवन खत्री (१९ वर्ष), अमिसा क्षेत्री (१९ वर्ष) र सुनिता सापकोटा (१८ वर्ष) रहेका छन्। घाइतेमध्ये केहीको अवस्था सामान्य र केहीको मध्यम रहेकाले हालैसम्म गलकोट नगर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

सिंचाई
Forest
Ad.

स्थानीय प्रत्यक्षदर्शीका अनुसार, भ्यान तीव्र गतिमा रहेको र मोडमा अचानक नियन्त्रण गुमेपछि दुर्घटना भएको हो। दुर्घटनापछि स्थानीयवासी र प्रहरी टोलीले घाइतेलाई तत्काल उद्धार गरी अस्पताल पुर्‍याएका थिए।

प्रहरीले प्रारम्भिक अनुसन्धानमा ओभरस्पिड नै दुर्घटनाको प्रमुख कारण भएको पुष्टि गरेको छ। साथै, घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो