गुल्मी: हिउँदेयाममा आगलागी र वर्षायाममा बाढी पहिरोको मौसमजन्य विपदका घटनाले गुल्मीका सय भन्दा बढि घरधुुरी विस्थापित भएका छन।
जिल्ला प्रशासन कार्यालय विपद व्यवस्थापन समितिले दिएको विवरण अनुसार आगोलागिले जलेर नष्ट हुँदा ७३ घरधुरी र बाढि पहिरोमा परी ३४ गरी १०७ घरधुरी विस्थापित भएका हुन्।
गत असार ७ गते देखि हाल सम्म बाढि पहिरोले ३४ घरधुरी विस्थापित भएका हुन । जिल्ला विपद व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले २२ वटा घर परिवार विस्थापित भएको बताएको केहि घण्टा पछि पुनः पालिकाहरु संग बुझ्दा ३६ घरधुरी विस्थापित भएको खुलेको हो।
उनँले पुनः रुजु गर्दा इस्मा गाउँपालिकामा २ घर परिवार विस्थापित भएका छन । छत्रकोट गाउँपालिकामा ३ घर , कालिगण्डकीमा ७ घर , मुसिकोट नगरपालिकामा १ घर , चन्द्रकोट गाउँपालिकामा ५ घर, रुरुक्षेत्र गाउँपालिकामा ६ घर , मालिकामा १ घर , गुल्मी दरवारमा २ घर र सत्यवती गाउँपालिकामा ६ घर परिवार विस्थाति भएका छन।
सत्यवती ३ को ठुलोलुम्पेकमा केहि महिना अघि मात्र संघिय सरकारको बजेट बाट एक करोड खर्चेर नयाँ मोटरबाटो खनिएको थियो । सोही मोटरबाटोमा पहिरो जाँदा उक्त एक करोड बजेट बालुवामा पानी खन्याए झै गरी खेर मात्रै गएन त्यहाँको वस्ती उच्च जोखिममा परेको र तीन घर परिवार विस्थापित भई ति परिवारलाई विद्यालयमा लगेर राख्नु परेको त्यस गाउँपालिका अध्यक्ष टिकाराम पाण्डेले बताए।
उता इस्मामा एउटै सडक स्तरोन्नती गर्न लाग्दा ४६ घरधुरी उच्च जोखिमा रहेको त्यस गाउँपालिका अध्यक्ष भगतसिंंह खडकाले जानकारी दिए । छल्दीटारी गुर्वा ठाडुङ्गा सडक १३ मिटर फराकिलो पार्न खोजियो । तल माथी दुबै तिर वस्ती भएको स्थानमा त्यति फराकिलो नबनाउँ भनेर मैले धेरै बैठक र नेताहरुलाई पनि भने तर उहाँहरुले नामान्दा ४६ घरधुरी जोखिमा छन त्यस पालिका अध्यक्ष खड्काले बताए।
अन्य पालिकामा पनि लाखौं , करोर्डौ खर्चेर खनिएका सडकहरुको विकास अहिले विनासमा परिणत भएको छ । असार अघि सम्म ग्रावेलिङ्ग गरिएका मोटरबाटो अहिले खोलोमा परिणत भएको छ । मालिका गाउँपालिकाको सारकटेरी तर्फ १८ लाख खर्चेर गरिएको ग्रावेलिङ्ग ठाडो खोलोमा परिणत भएको छ । त्यस पालिकाको जतातै पहिरोल सडक बगाएको त्यस पालिका उपाध्यक्ष उपेन्द्र अर्याल बताए।
यता इस्माको रातडाँडा रातचौर सडक खण्डमा केहि महिना अघि तार जालि सहितको ग्याविङ्ग वाल बगेर बेहाल छ । उता मालिकाकै वडा नम्वर १ मोटरबाटोमा करिव १३ लाख खर्चेर हिउँदामा निर्माण गरिएको ग्राविङ्ग वाल पनि बगेर नामोशिना मेटिएको छ । यसपालीको बर्षायामको सुरु मै अविरल बर्षाले ठुलो क्षति पुराएको छ । तर स्थानीय सरकारले क्षतिको विवरण समेत तयार गर्न सकेको छैन । पालिका भित्रका कैयौं सडक अवरुद्ध छन तर पालिका प्रमुख उपप्रमुखहरुले मिडियामा प्रतिकृया दिदा अधिकांस सडक सुरुचार रहेको दावि गर्ने गरेका छन।
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |