Hi-Speed Computer

Awareness Campaign

इस्मा गाउँपालिकाले पाँचवटा दुहुनो गाई वा भैंसी पाल्ने किसानलाई मासिक १० हजार दिने



सुमन महतारा
११ महिना अगाडि


Awareness

Place for ads

गुल्मी: गुल्मीको इस्मा गाउँपालिकाले गाउँपालिका भित्र पाँचवटा गाई र भैंसी पाल्ने कृषकलाई मासिक १० हजार दिने भएको छ।

गुल्मीको इस्मा गाउँपालिकाले पाँच वटाभन्दा बढी दुहुना गाई र भैंसी पाल्ने पालिकाभित्रका कृषकलाई १० हजार रुपैयाँ दिंदै आएको छ।

गाउँपालिकाले वर्ष०७९/०८० मा ६ वटा कृषि फर्मलाई मासिक १० हजार रुपैयाँका दरले गाई भैंसी हेरालु खर्च भनेर रकम उपलब्ध गराएकोमा चालु आर्थिक वर्ष २०८०/०८१ मा गाउँपालिकामा ४ वटा फर्मले पाँच वटाभन्दा बढी दुहुना गाई र भैंसी पाल्दै आएको र उनिहरुले पनि मासिक १० हजारका दरले पैसा उपलब्ध गराइएको गाउँपालिका कृषि शाखा प्रमुख तुल्सी थापाले बताए । ती फर्मलाई गाउँपालिकाले मासिक १० हजार रुपैयाँ उपलब्ध गराएको छ र नयाँ फर्म दर्ता भएर सहि अनुसार मापदण्ड पूरा गरेको खण्डमा नयाँले पनि सहि पैसा पाउँने उनले बताए।

Forest
Forest
Ad.

गाउँपालिकामा दर्ता भएको नमुना कृषि तथा पशुपन्छी फर्ममा हाल ९ वटा दुहुना गाई रहेका छन् । गाउँपालिकाको वडा नम्बर पांच मा रहेको उक्त फर्मले अघिल्लो आर्थिक वर्षदेखि नै निरन्तर पाँच वटा भन्दा बढी दुहुना गाई पाल्दै आएको छ । त्यस्तै बडा नम्बर १ मा रहेको गौरव कृषि तथा पशुपन्छी फर्ममा हाल दुहुना गाई र भैंसी गरी ९ वटा रहेका छन्। त्यस्तै वडा नम्बर ६ मा रहेको घिमिरे कृषि तथा पशुपन्छी फर्ममा पनि ९ वटा दुहुना गाई र भैसी रहेका छन् । वडा नम्बर २ मा रहेको गगन गृष्मा कृषि तथा पशुपन्छी फर्ममा

८ वटा गाई र दुहुना भैंसी रहेका छन् । यी फर्महरुले पनि आर्थिक वर्ष २०७९/०८० देखि नै गाई भैसी हेरालुको रुपमा मासिक १० हजार लिदै आएका छन् ।

गाउँपालिकाभित्रका कृषकहरूलाई कृषि र पशुपन्छीमा थप हौसला थप्नका लागि गाउँपालिकाले मासिक १० हजार रुपैयाँ उपलब्ध गराउनँन थालिएको गाउँपालिकाका अध्यक्ष भगत सिंह खड्काले बताए । खड्काले कृषि र पशुपन्छीको क्षेत्रमा गाउँपालिकाले काम गर्ने खोजेका धेरै विषयमा नागरिक उत्साहित नभएको बताए। उनले अनुदानको अपेक्षा मात्र गर्ने, तर कामलाई व्यवसायीकरण गर्न नखोज्नु दुःखद रहेको बताए । काम गर्न खोज्ने व्याक्तिलाई गाउँपालिकाले निरुत्साहित नपार्ने उनले बताए।

त्यस्तै गाउँपालिकाकी उपाध्यक्ष अधिवक्ता पार्वती कुवँरले गाउँपालिकाले प्रदान गरेको अनुदान किसानलाई सहयोग मात्रै भएको बताइन् । उनले भनिन्, ‘उहाँहरुलाई हामीले गरे को काममा हाम्रो पालिका साथमा छ भन्ने अनुभूति मात्रै दिलाउन खोजेका छौं।’

Awareness by SKF

व्यवसायिकरुपमा सञ्चालनमा आएका फर्महरुमा आफू स्वयं अवलोकन र अनुगमनमा समेत पुगेको र कृषकको मिहिनेत देखेर खुसी लागेको बताइन्। यस्तै उनले इस्मा दुधमा आत्मनिर्भर बन्दै गएको बताइन्। उनले भनिन्, ‘स्थानीय स्तरमा हुने कार्यक्रममा दुध खपत गर्दा पालिका बाहिरबाट खरिद गर्नु परेको छैन, यो हाम्रो लागि सुखद पक्ष हो।’

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो