Smoking Causes Cancer

ताराखोलामा जेसीबीमाथि पहिरो खस्दा सहचालकको मृत्यु



लालु प्रसाद गैरे
१० महिना अगाडि


Place for ads

बागलुङ: बागलुङ जिल्लाको ताराखोला गाउँपालिका–५ स्थित कराचेमा रोकिएको जेसीबीमाथि पहिरो खस्दा एक जनाको मृत्यु भएको छ।

आइतबार गण्डकी प्रदेश–०२–००१ क ०००२ नम्बरको जेसीबी निर्माणस्थलमा सफाइ कार्य गरिरहेकै बेला माथिल्लो भागबाट अचानक ढुङ्गासहितको पहिरो खसेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख तिलक भारतीले जानकारी दिए।

पहिरोका कारण रोल्पा घर भएका १९ वर्षीय सह–चालक विशाल पुनको घटनास्थलमै मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ। पहिरोले जेसीबीमा समेत क्षति पुगेको जनाइएको छ।

सिंचाई
Forest
Ad.
कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो