Smoking Causes Cancer

‘कैलाशपति शिवजी’ बोलको भजन सार्वजनिक (भिडियो सहित)



ओझेलका खबर संवाददाता
२ वर्ष अगाडि


Place for ads

काठमाडौं: आदिदैव योगेश्वर महादेवको निर्गुण भजन रचना गरी कृष्ण भान्जाको संगीत समायोजनमा प्रिज्मा रेकर्डिङ स्टुडियोबाट रामचन्द्र चन्द र कमला पोखरेल को मृदुल स्वरमा सर्वोत्कृष्ट भजन सार्वजनिक गरिएको हो।

गुल्मेली श्रजक हेमनाथ खरालको शब्द रचना, खिमानन्द खरेलको लय तथा निर्माणमा अति सुन्दर भजन तयार भएको हो। यसै गीतका गायक रामचन्द्र चन्द भन्नुहुन्छ, ‘ सोंचेभन्दा धेरै राम्रो सिर्जना बनेको छ। यो सिर्जनाले ज्ञानी गुरुहरु, विद्वान श्रजकहरु तथा शास्त्रिय विद्वानहरुद्वारा प्रशंसा पाइ रहेको छ।’

खिमानन्द खरेलको निर्देशनमा तयार पारिएको गीतको भिडियोमा यशु भटराई, शिवजी क्षेत्री, सन्तोष लम्साल, हरिकृष्ण राजथला, नुर भण्डारी र आशा वि.सी. को अभिनयलाई देख्न सकिन्छ।

सिंचाई
Forest
Ad.

गीतको भिडियोमा शिवजी क्षेत्रीको कोरियोग्राफी रहेको छ भने बसन्त बि जे महर्जनले छायाङ्कन गरेका छन् । भिडियोको सम्पादन अमृत चापागाईँले गरेका हुन्। गीतको भिडियोलाई रेवान्श म्युजिक युट्युबबाट सार्वजनिक गरिएको छ।

हेरौँ म्युजिक भिडियो:

   
कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो