Hi-Speed Computer

Awareness Campaign

गुल्मीको एक दलित वस्तीमा ‘एक घर, एक टनेल’ कार्यक्रम सुरु



ओझेलका खबर संवाददाता
१० महिना अगाडि


       

Awareness

Place for ads

गुल्मी: तरकारीमा आत्मनिर्भर बनाउने उद्देश्यका साथ गुल्मीको एक दलित वस्तीमा एक घर एक टनेल कार्यक्रम सुरु भएको छ। जिल्लाको मुसिकोट नगरपालिका-३, चुँदरीगाउँको दलित वस्तीमा लुम्बिनी प्रदेश सरकारको आर्थिक सहयोग र कृषि ज्ञान केन्द्र गुल्मीको सहजिकरणमा यस्तो कार्यक्रम सुरु भएको हो।

लुम्बिनी प्रदेश सरकारको लक्षित वर्ग विशेष आय आर्यजनमुलक कार्यक्रम अन्तर्ग रु. ५ लाख रुपैयाँ बजेटबाट त्यस गाउँका २५ घर धुरी दलित समुदायलाई एक घर एक टनेल, तारबार र तरकारीको बिउबिजन हस्तान्तरण गरी उनिहरुलाई तरकारीमा आत्मनिर्भर बनाउने कार्यको थालनी गरिएको हो।

पहिला-पहिला घर मै कुखुरा, खसी बोका पालन गरिने, आफुहरुलाई चाहिने तरकारी पनि फलाईने तर नयाँ पुस्ता दिनभरी मजदुरी गर्ने साँझ पसलमा तरकारी माछा मासु र मदिरा किनेर दिनभरीको कमाई सक्ने भएका कारण गरिबीबाट मुक्त हुन नसकिएको चुँदरीगाउँका ८० बर्षिय वृद्ध चन्द्रबहादुर सुनार बताउँछन।

Forest
Forest
Ad.

सरकारी तौरबाट तरकारीमा आत्मनिर्भर बनाउने कार्यक्रम परेको प्रति आफुहरु उत्साहित भएको र अब पहिला जस्तै तरकारीमा आत्मनिर्भर हुने गरी आफुहरुले काम गर्ने अर्का ७० बर्षीय ताराचन सुनारको भनाई छ।

पहिलो बर्ष तरकारीमा आत्मनिर्भर बनाउने र क्रमशः व्यवसायिकरण गरिदै लगिने उद्देश्यका साथ यो कार्यक्रम ल्याईएको कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख नवराज भण्डारीले बताए।

कृषि उत्पादनलाई आधुनिकिकरण र व्यवसायिकरण गराउन कृषि ज्ञान केन्द्रबाट कृषि प्राविधिक रामबहादुर ओली त्यस गाउँमा सिकाई प्रशिक्षणका लागि दुई महिना देखि खटिएका थिए। बिउबिजन तथा अन्य आवश्यक सामग्री वितरणका लागि कार्यालय प्रमुख पुगेर किसानहरुलाई थप प्रशिक्षित गरेका थिए।

   
कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

Awareness by SKF

तपाईलाई यो खबर कस्तो लाग्यो