Salime Malika Krishi Farm

Awareness Campaign

बस सहित त्रिशूलीमा खसेकाहरुको बिहानैदेखि खोजी सुरु



ओझेलका खबर संवाददाता
२ वर्ष अगाडि


Awareness

Place for ads

काठमाडौं: चितवनको नारायणगढ-मुग्लिन सडक खण्डको सिमलतालमा पहिरोले बगाएर त्रिशूलीमा खसालेका बसको आज बिहानैदेखि खोजी सुरु भएको छ। आज बिहानै सुरक्षाकर्मीको टोलीले खोजी सुरु गरेको हो।

दुई वटा बस बगाएर त्रिशूली नदीमा पुर्याउँदा बेपत्ता भएका कम्तिमा ४८ जना यात्रु अझै फेला परेका छैनन। उनीहरु हिजो बिहानैदेखि हराइरहेका हुन्।

भरतपुर महानगरपालिका-२९, सिमलतालमा हिजो बिहान करिब ३ बजे लेदोसहितको पहिरोले दुई वटा बस बगाएको थियो। वीरगञ्जबाट काठमाडौंतर्फ आउँदै गरेको बागमती प्रदेश-०३-००६ ख १५१६ नम्बरको एन्जल डिलक्स बस र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश-०३-००१ ख २४९५ नम्बरको गणपति डिलक्स बसलाई लेदोसहितको पहिरोले बगाएर त्रिशूली नदीमा पुर्याएको थियो।

सिंचाई
Forest
Ad.

गणपति डिलक्स बसमा २७ जना र एन्जल डिलक्स बसमा २४ जना यात्रु थिए। तर बीचमा कति यात्रु ओर्लिए या चढे भन्नेबारे अझै यकिन छैन।

बसमा रहेका तीन जना भने पौडिएर बाँचेका थिए। हिजो दिनभर खोजी गरिए पनि बस र यात्रुको पत्ता लागेको थिएन। साँझ ६ बजेपछि भने खोजी कार्य स्थगित गरिएको थियो।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो