Awareness

Musikot Mahotsav

गुल्मी दिब्रुङ्गले गर्यो विभिन्न व्यक्तिलाई सम्मान



प्रेम सुनार
६ महिना अगाडि


Place for ads

गुल्मी: गुल्मीको चन्द्रकोट गाउँपालिका-१, दिब्रुङ्गले वडा भित्रका कर्मचारी महिला स्वयंसेवी सहित विभिन्न व्यक्तिहरुलाई शुक्रबार एक समारोहका बिच सम्मान गरेको छ।

Snow
Forest
Ad.

प्रोत्साहन सम्मान तथा पुरस्कार बितरण कार्यक्रम अन्तरगत कार्यक्रमका प्रमुख अतिथि त्यस पालिका अध्यक्ष युवराज खत्री क्षेत्री, विशिष्ट अतिथी उपाध्यक्ष विष्णु प्रसाद भण्डारी, प्रमुख प्रसासकिय अधिकृत बुद्ध प्रकाश पौडेल लगायतका अतिथिको हातबाट त्यस वडाका वडाध्यक्ष घनश्याम घरेलले विभिन्न व्यक्तिहरुलाई सम्मान गराउनु भएको हो।‌

कार्यक्रममा महिला स्वस्थ्य स्वम सेविकालाई बलाङ्केट, करुवा र कदर पत्र सहित सम्मान गरिएको थियो।

त्यस्तै विभिन्न परिक्षामा उत्कृष्ट नतिजा ल्याई उत्तिर्ण हुने विद्यार्थीहरुलाई नगद र प्रशंसा पत्रले सम्मान गरिएको थियो।

त्यस्तै राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताका जिल्ला र पालिकाका पदक प्राप्त विद्यार्थीहरुलाई नगद पुरुस्कार सहित सम्मान गरिएको छ।

त्यस वडाले असल बुहारीका रुपमा देवा खराल, जमुना विक र सुमित्रा खरेललाई सम्मान गरेको छ। त्यस्तै उत्कृष्ट शिक्षकका रुपमा रामप्रसाद अर्याल,डिलाराम खरेल शोभा कुमारी कार्की, नेत्र बहादुर बलाल, शिर्जना बलाल, सावित्रा पौडेल सम्मानित भएका छ‌न।

Awareness by SKF

समय अवधि भित्रै निर्माण कार्य सम्पन्न गर्ने विभिन्न उपभोक्ता समिति तथा  निर्माण व्यबसायि लिलबहादु  काला  र  सवइन्जिनियर डिल  बहादुर   बिकलाई   उत्कृष्ट निर्माणकर्मिका   रुपमा सम्मान गरिएको छ। त्यस्तै वडा कार्यालयका कर्मचारी राजन सुनारलाई उत्कृष्ट कर्मचारीका रुपमा र उत्कृष्ट स्वास्थ्यकर्मीरुपमा बिष्णु बहादुर थापा र योगदान पुराएका त्यस वडाका अवकाश प्राप्त कर्मचारी र शिक्षकहरुलाई पनि सम्मान गरिएको थियो ।

कार्यक्रममा घरेलु तथा साना उद्योग विकास कार्यालय गुल्मीका प्रमुख शुरेन्द्र भण्डारी, जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकिय अधिकृत नारायण घर्ती, जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राम कुमार के सी लगायतको विशेष आतिथ्यता थियो।

। त्यस वडाले घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख शुरेन्द्र भण्डारीलाई पनि सम्मान गरेको छ। त्यस वडाका वडाध्यक्ष घनश्याम खरेलको अध्यक्षता रहेको कार्यक्रममा वडा सदस्य गोपाल अर्यालको स्वागत मन्तव्य र वडा सचिव दुर्गा प्रसाद शर्माको संचालन रहेको थियो।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

प्रेम सुनार को बारेमा

पत्रकार प्रेम सुनार चर्चित रेडियो कार्यक्रम ‘ओझेलका खबर’का प्रस्तोता हुन्। उनी ओझेलका खबरका प्रमुख संवाददाता तथा संरक्षक पनि हुन। उनी दर्जनभन्दा धेरै मिडियामा आवद्ध छन्।

प्रेम सुनार द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →