Awareness

ओझेलका खबर: बिमा पचाउन यति सम्म गर्न थाले



ओझेलका खबर संवाददाता
३ दिन अगाडि


Place for ads

गुल्मी: गुल्मीको रेसुङ्गा नगरपालिकाका मेयर खिलध्वज पन्थीले कार्यभार सम्हाले पछि पुर्व मेयर डिल्लिराज भुसालको कार्यकालमा खरिद प्रक्रिया पुरा भएको कार्यक्रम कार्यान्वयन गर्दै वडा नम्बर ११ र १२ का किसानहरुलाई ५० प्रतिशत अनुदानमा २५ वटाका दरले ५० वटा पाडा वितरण गरियो। तर केहि महिना नबित्दै ति सबै मरेर गोठ रित्तिएको समाचार आयो। विषय निकै गम्भीर थियो। मेयर पन्थीले छानबिन समिति गठन गर्छु भन्नु भयो। तर अहिले सम्म त्यो छानबिन समितिको प्रतिवेदन बाहिर आउन नसक्नु र जनताले थाहा नपाउनु दुर्भाग्य हो।

कयिपय सवारी साधन र डोजर लगायतका मेसिनरी सामाग्री पनि बढो नाटकिय ढङ्गबाट जलेको र दुर्घटना भएको देखिदै आएको छ। त्यस्तै कहिलेकाहीँ विद्यालयको प्रधानध्यापकको कार्यकक्ष, सहकारी लगायतका संघ संस्थाका भवनहरु पनि बडो रहस्यमय ढङ्गले सोझो भाषामा कसैले पत्याउनै नसक्ने ढङ्गले जल्ने गरेका छन। संचार माध्यममा त्यसरी जलेका, दुर्घटना भएका खबर मात्रै आउछन तर वास्तविक घटना ओझेलमा परेका छन। हालै मात्रै बाहिर आएको तलको समाचार पढौँ र वास्तविकता बुझेर ओझेलका खबर बनाऔँ/ बनाउने छौँ।

जिल्ला प्रहरी कार्यालय चितवनले असार १८ गते पत्रकार सम्मेलन गरि ५ जना अभियुक्तहरुलाइ सार्वजनिक गरेको छ ।

२,१७,५४,४१५/- (दुई करोड सत्र लाख चौवन्न हजार चार सय पन्ध्र रुपैयाँ) बराबरको सुनचाँदी र हिराको विभिन्न डिजाईनका गरगहनाहरू लुटपाट गरी लगेको आरोपमा ति व्यक्तिहरु पक्राउ परेका हुन ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मिति यही असार १ गते राती अन्दाजी ८:२० बजेको समयमा चितवनको कालिका नगरपालिका वडा नं. ६ खोले सिमल स्थित तेज प्रसाद खनालको घरको पहिलो तल्लामा बिनोद सुनारले सञ्चालन गर्दै आएको बिनोद सुनचाँदी पसलमा अज्ञात २ (दुई) जना पुरुष व्यक्तिहरु नम्बर नखुलेको मोटरसाईकल चढी आई उक्त सुनचाँदी पसलमा बसिरहेका पसल व्यवस्थापक विजय विश्वकर्मा र बापिधर गौतमलाई धारिलो हतियार खुकुरी र चक्कु घाँटीमा राखी डरत्रास धाकधम्की देखाई पसल भित्र राखिएको उक्त बहुमुल्य हिरा र सुन लुटिएको बताइएको छ।

उक्त घटना पश्चात प्रहरीले ५ जना अभियुक्तहरुलाइ पक्राउ गरेको थियो पक्राउ पर्नेहरुमा चितवन जिल्ला,कालिका न.पा.६ बस्ने बिनोद सुनार, चितवन जिल्ला,कालिका नगरपालिका ७ बस्ने विजय विश्वकर्मा, तनहुँ जिल्ला ,म्याग्दी गा.पा. वडा ७ पुर्ण बहादुर विश्वकर्मा, बारा जिल्ला बारागढी न.पा. वडा ४ बस्ने पवन कुमार र चितवन जिल्ला, कालिका न.पा. ६ बस्ने अन्जना पुडासैनी के.सी रहेका।

अनुसन्धानको क्रममा बिनोद सुन चाँदी पसलका संचालक बिनोद सुनार स्वमंले झूटा चोरी तथा लुटपाट गर्ने योजना बनाई बीमा रकम ठगी तथा विभिन्न व्यक्तिहरुबाट लिएको ऋण रकमहरु चोरी भएको देखाई जालसाजी गरी फाईदा लिने मनसायले लुटपाट गर्न लगाएको,बिनोद सुनारले लुटपाटको लागि पुर्ण बहादुर विश्वकर्मालाई Contract दिएको

Awareness by SKF

पुर्ण बहादुर बिश्वकर्मा र पवन कुमार पासवानले राती अन्दाजी ८:२० बजेको समयमा मोटर साईकलमा आई लुटपाट गरेको त्यस क्रममा पसलका मेनेजर विजय विश्वकर्माले चोरी गर्न आउनेलाई सहयोग गरेको खूल्न आएको जिल्ला प्रहरी कार्यालयले बताएको छ।

प्रहरीका अनुसार पुर्ण बहादुर विश्वकर्मा र पवन कुमार पासवानले चोरी गरी लगेको सुन गहनाहरु लुकाउनको लागि बिनोदले बताए बमोजिम अन्जना पुडासैनी, के.सी. लाई दिएको र घटनाको दुई दिन पछी अन्जनाको घरमा गई बिनोदले उक्त सुन गहनाहरु लिई गएको खुल्न आएको छ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो