Awareness

गुल्मीको भड्कुवामा बाढिले दुई घर विस्थापित



प्रेम सुनार
२ दिन अगाडि


Place for ads

गुल्मी ।  गुल्मीको भड्कुवामा बाढिले दुई घर विस्थापिगुल्मी । गुल्मीको रुरुक्षेत्र गाउँपालिका १ रह भड्कुवा गाउँमा बाढि पहिरो पसेर दुई घर विस्थापित भएका छन ।

दुई दिन अघि अविरल बर्षा संगै बाढि पहिरो घरमा पस्दा त्यस गाउँका जितबहादुर घर्ति र रामबहादुर घर्तिको पविार घरबाट विस्थापित भएका हुन । रिडी तम्घास मदनभण्डारी राजमार्ग विस्तारका क्रमममा माथीबाट आएको बाढि पहिरो घरमा पसे पछि आफुहरु विस्थापित भई छिमेकीको घरमा छरिएर बसेको जितबहादुरको श्रीमतिले गुनासो गर्नु भयो ।

त्यस राजमार्ग स्तरोन्नतीका क्रममा त्यहाँका थुप्रै घरहरु उच्च जोखममा छन । गत बर्ष देखि नै त्यस गाउँपालिका अध्यक्ष यदु ज्ञवालीले राजमार्ग निर्माणका क्रममा त्यस भेगका वस्ती उच्च जोखिमा परेको भन्दै सचेतता पुर्वक सडक निर्माणको काम गर्न सम्बन्धित निकायको ध्यानकृष्ट गराएका थिए । ‘हामी त्यहाँ पुगेर आएका छौं,– अध्यक्ष ज्ञवालीले भने उनिहरुलाई पालिकाबाट प्रारम्भिक राहत वितरण गर्दैछौं र उनिहरुलाई सुरक्षित घर निर्माणका लागि पहल पनि गर्नेछौं । ’

त्यस पालिका सहित जिल्लाका अधिकांस अविरल बर्षाका कारण उच्च जोखिमा छन । जोखिमा रहेका घर परिवार सुरक्षित नजिकका विद्यालय, अन्य सावजानिक स्थान आफन्तको घरमा आश्रय लिनु पर्ने , बिशेषतः रातको समयमा घरमा बस्नै नहुने जनप्रतिनिधीहरुको सुझाव छ । त्यस्तै सम्भावित जोखिमलाई ध्यानमा राखी घर तर्फ आउने भल तर्काउन सम्बन्धित परिवार लाग्नु पर्ने धुर्कोट गाउँपालिका अध्यक्ष भुपाल पोखरेलको सुझाव छ ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

प्रेम सुनार को बारेमा

पत्रकार प्रेम सुनार चर्चित रेडियो कार्यक्रम ‘ओझेलका खबर’का प्रस्तोता हुन्। उनी ओझेलका खबरका प्रमुख संवाददाता तथा संरक्षक पनि हुन। उनी दर्जनभन्दा धेरै मिडियामा आवद्ध छन्।

प्रेम सुनार द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →