Salime Malika Krishi Farm

Awareness Campaign

बढ्यो पेट्रोलियम पदार्थको मूल्य, हेर्नुहोस् नयाँ मूल्य



ओझेलका खबर संवाददाता
२ वर्ष अगाडि


Awareness

Place for ads

काठमाडौं: नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। ईण्डियन आयल कर्पोरेशनबाट आइतबार प्राप्त नयाँ मूल्यमा अनुसार मुल्य बढेर आएपिछ नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर २ तथा डिजेल र मट्टितेलमा प्रतिलिटर ५ रुपैयाँका दरले मूल्य वृद्धि गरिएको नेपाल आयल निगमका प्रवक्ताले विज्ञप्तिमार्फत जानकारी गराएका छन्।

निगमका अनुसार नयाँ मुल्य आइतबार राति १२ बजेदेखि लागू हुने छ। अब पेट्रोल पहिलो वर्गमा प्रतिलिटर १६४.५०, दोस्रोमा १६६ र तेस्रो वर्गमा १६७ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेलमा पहिलो वर्गमा १५४.५०, दोस्रोमा १५६ र तेस्रोमा १५७ रुपैयाँ पुगेको निगमले जनाएको छ।

तेस्रो वर्गमा राजधानी काठमाडौंलगायत पोखरा, दिपायल पर्दछन्। हवाइ इन्धन र एलपी ग्यासको भाउ भने घटबढ भएको छैन।

सिंचाई
Forest
Ad.

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो