Hi-Speed Computer

Awareness Campaign

पुरा हुँदै ‘उज्यालो शहर’ रेसुङ्गा नगरको रहर (भिडियो सहित)



प्रेम सुनार
११ महिना अगाडि


       

Awareness

Place for ads

गुल्मी, असार ११: गुल्मीको रेसुङ्गा नगरपालिकाका जनप्रतिनिधिहरुको दोश्रो कार्यकालको जिम्मेवारी सम्हाल्दा घोषणा गरेका विभिन्न योजना र कार्यक्रमहरु मध्ये ‘उज्यालो शहरः नागरिकको रहर’ भन्ने नारा असार १० गते साँझबाट कार्यान्वयनमा आएको छ। पहिलो चरणमा सो पालिकाले चिदिचौर खेलमैदान र उदिनढुंगा जिपपार्क र बसपार्क झिलिमिली दीपावलीमय पारेको छ।

सदरमुकाम तम्घासका यी तीन स्थानमा ‘हाइमास्ट लाइट’ जडान गरिएपछि रातको समयमा दीपावलीमय बनेको हो। अघिल्लो दिनसम्म अन्धकारमय यी तीन स्थानमा एक्कासी झिलिमिली उज्यालो बनेपछि बजारवासीहरु रमाउँदै ती स्थानमा पुगेर बालबालिकाहरु विभिन्न खेल खेल्दै थिए भने बैँशालु महिला टिकटक बनाउन भ्याइनभ्याई देखिन्थे।

फराकिलो चिदिचौर खेलमैदान उज्यालोको किरणले झकिझकाउ देखिन्थ्यो। मेयर खिलध्वज पन्थीले जिम्मेवारी समाल्ने बेलामा तम्घास बजारको सौन्दर्यकरण गर्ने, र उज्यालो शहर बनाउने जुन घोषणा गरेका थिए। त्यो चाँही अब पुरा हुने संकेत देखाए भन्नेहरु पनि थिए।

Forest
Forest
Ad.

हाइ–मास्ट जडानको उद्घाटन समारोहमा मेयर पन्थी निकै हर्षित देखिनुहुन्थो । उहाँले उज्यालो शहरका लागि संघीय सरकारले स्मार्ट लाइट जडान गर्ने कार्यक्रम रहेको र यो हाइ–मास्ट प्रदेश सरकारको जनश्रोत तथा सिंचाई मन्त्रालयसँग पहल गरी जडान गरिएको जानकारी दिए ।

उद्घाटन समारोहमा जिल्ला समन्व्यm प्रमुख द्रोण बहादुर खत्री, उपप्रमुख अमृतादेवी कुँवर लगायतको सहभागीता थियो । बजार क्षेत्रमा शान्ति सुरक्षा कायम गर्नका लागि उच्च क्षमताको हाइ–मास्ट जडान गरिएको हो । अग्लो र धेरै बजार क्षेत्र समेट्ने गरि राखिएको हाइ–मास्ट लाइट प्रविधि युक्त रहेको छ ।

चिदीचौरमा १६ मिटरको लम्बाई भएको पोलमा ३२ सय वाट क्षमताको लाइट जडान भएका छन् । त्यस्तै बसपार्कमा १२ मिटरको पोलमा २४ सय वाट र जिप पार्कमा १२ मिरको लम्बाई भएको पोलमा २४ सय वाट क्षमताका बत्ती जडान गरिएको छ।

Awareness by SKF

यस अघि तम्घास बजारका सडकबत्ती पुराना तारहरु हटाएर मेयर पन्थीले तम्घास बजारको सौन्दर्यलाई व्यवस्थित गरेका छन् । त्यस्तै उनी निर्वाचित भए लगत्तै तम्घास बजारका मुख्य सडकहरु सकेसम्म फराकिलो पार्दै पुनः कालोपत्रे गरिएको छ। सडकहरुमा फोहोरका नाममा सामान्य कागजको टुक्रा समेत देखिदैन् । तम्घास बजार सौन्दर्यकरणको मुख्य चूनौती तम्घास खोला स्थानीयको अघोषित डम्पीङ साइट बनाइनु हो ।

त्यस्तै खोला किनारका सार्वजनिक जमिन अतिक्रमण रोक्नु पनी मेयर पन्थीको अर्को चुनौती हो । उहाँका सचिवलाय सदस्य गुणाखर पाण्डेका अनुसार उक्त चुनौती समना गर्ने कार्यको थालनी गर्न एक टोली फिल्डमा खटिएको छ । यी काममा सफलता हासिल गरे मेयर पन्थीको स्मरण अर्को पुस्ताले समेत गर्ने देखिन्छ।

   
   
कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

प्रेम सुनार को बारेमा

पत्रकार प्रेम सुनार चर्चित रेडियो कार्यक्रम ‘ओझेलका खबर’का प्रस्तोता हुन्। उनी ओझेलका खबरका प्रमुख संवाददाता तथा संरक्षक पनि हुन। उनी दर्जनभन्दा धेरै मिडियामा आवद्ध छन्।

प्रेम सुनार द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →