Awareness

रुरुक्षेत्र गाउँपालिकाको जोड: पर्यटन पुर्वाधार, ४० जनालाई रोजगार



प्रेम सुनार
६ दिन अगाडि


Place for ads

गुल्मी, असार १०: गुल्मीको रुरुक्षेत्र गाउँपालिकाको गाउँसभाले देशमै पहिलो पटक स्थानीय सरकारको तर्फबाट चालु आर्थिक बर्षमा ४० जना बेरोजगारलाई बाह्रै महिना रोजगारी दिने जस्ता लोकप्रिय कार्यक्रम सहित आगामी आर्थिक बर्षका लागि झण्डै ५७ करोडको बजेट सभामा पेश गरेको छ।

सोमबार त्यस गाउँपालिकाको केन्द्र घिउबेसीमा आयोजित गाउँसभाको १६ औँ अधिवेशनले आर्थिक बर्ष २०८१/०८२ का लागि नीति तथा कार्यक्रमहरु गाउँसभाले सर्वसम्मत पारित गर्दै कुल ५६ करोड ९१ लाख ७८ हजार बजेट सभामा पेश गरिएको हो।

गाउँपालिका अध्यक्ष यदु ज्ञवालीले नेपालमै पहिलो पटक मिति २०८१ बैशाख २८ गते गाउँसभाको १६ औँ अधिवेशनमा पेश गरेको नीति तथा कार्यक्रम सभाले पास गरे लगत्तै गाउँपालिका उपाध्यक्ष मिनादेवी गौतमले बजेट तथा कार्यक्रम तेश्रो बैठकमा पेश गर्नु भएको थियो।

उपाध्यक्ष गौतमले संघीय सरकारबाट वित्तियसमानिकरण अनुदान ८ करोड ६५ लाख , सर्शत अनुदान ३० करोड १३ लाख ७४ हजार विशेष अनुदान ९० लाख समपुरक अनुदान २ करोडका अलवा संंघीय सरकारको अनुदान ४१ करोड ४५ लाख ७७ हजार बराबरको बजेट सभा समक्ष पेश गर्नु भएको थियो।

त्यस्तै राजश्व बाँडफाँड सहित त्यस पालिकाको कुल आन्तरिक आय १२ करोड ५७ लाख २७ हजार रहेको बजेट वक्तव्यमा उल्लेख छ।

कुल ५६ करोड ९१ लाख ७८ हजार बजेट मध्ये चालु खर्च ३७ करोड ६६ लाख ८८ हजार छुट्टाईएको छ भने पुँजिगत खर्च १८ करोड २४ करोड ८० हजार विनियोजन गरिएको छ। बजेट पेश हुनु अघि गाउँपालिका अध्यक्ष ज्ञवालीले नीति तथा कार्यक्रम पेश गर्नु भएको थियो।

भौतिक पुर्वधार तर्फ आगमी बर्ष भित्र हरेक वडाका पहुँच मार्ग कालोपत्रे गर्ने लक्ष्य लिईएको गाउँपालिका अध्यक्ष यदु ज्ञवालीले बताउँदै आए अनुसार बजेट ल्याईएको छ । त्यस्तै प्रशिद्ध रुरु धार्मिक क्षेत्र र ऐतिहासिक तपोभुमी श्रृङ्गेश्वर सहितको धार्मिक क्षेत्रलाई पर्यटन विकास बृद्धि गर्न बढि बजेट छुट्टाईएको छ।

Awareness by SKF

त्यस पालिकाले विपन्नमैत्री कार्यक्रमका रुपमा अति विपन्न नागरिकलाई पालिकाबाटै स्वास्थ्य बिमा गरी दिने भएको छ। त्यस्तै कृषि बिमामा सहुलियत प्रदान गर्ने , प्रशुति सेवा लिने महिला , असहाय , आर्थिक रुपले विपन्न र क वर्गका अपाङ्गता भएका नागरिकहरुलाई निःशुल्क एम्वुलेन्स सेवा उपलब्ध गराउने भएको छ।

त्यस्तै शुलभ रुपमा आँखा उपचारको लागि प्राथामिक आँखा उपचार केन्द्र स्थापना गर्ने भएको छ। नागरिकहरुलाई मोतियाविन्दुको निःशुल्क सल्यक्रिया गर्ने बजेट वक्तव्यमा उल्लेख छ।

आर्थिक बर्ष २०८१/०८२ मा गाउँपालिकामा ४० जना नागरिकहरुलाई बार्षिकहरुलाई बार्षिक रोजगारीको ब्यवस्था गर्ने कार्यक्रम अगाडी सारिएको छ ।

नागरिकहरुहरुले खानेपानीमा सहुलियत पाउने गरी लिफ्टीङ्ग खानेपानी योजनाहरुलाई विद्युत महसुलमा सहुलियत दिने भएको छ ।

शिक्षामा प्रविधीको प्रयोगहरु गुणस्तरिय शिक्षा उपलब्ध गराउने साथै शिक्षामा बालबालिकाको पहुँच सुनिश्चित गर्ने र बिद्यालयमा बस सञ्चालन गर्न अनुदान दिने तथा थप विद्युतिय सवारी साधन बिद्यार्थीहरुलाई क्रमशः हस्तान्तरण गर्ने भएको छ ।

नागरिकहरुलाई भरपर्दो , गुणस्तरिय सर्वशुलभ स्वास्थ्य उपचारका लागि सबै स्वास्थ्य संस्थामा ल्याव सेवा उपलब्ध गराउने र सबै स्वास्थ्य संस्थाबाट मासिक रुपमा डाक्टर सहितको स्वास्थ्य परिक्षण सेवा उपलब्ध गराउने भएको छ ।

त्यस्तै जेष्ठ नागरिक , असाहय , अशक्त क वर्गका अपङ्गता भएका नागरिकहरुको घर घरमा स्वास्थ्य परिक्षण सेवा उपलब्ध गराउने भएको छ । आबश्यक सेवाहरु नागरिकको घर घरमा पुराउने नीति तथा कार्यक्रममा उल्लेख छ ।

कृषकहरुको घर घरमा मागको आधारमा कृषि प्रविधी तथा यान्त्रिकीकरणमा अनुदान उपलब्ध गराउँदै कृषकको घर घरमा कृषि परामर्श तथा समस्या समधानका लागि कृषक संग कृषि प्राविधीक कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

बाँझो जग्गालाई चक्लाबन्दी गरी कृषि उत्पादनमा प्रयोग गर्ने भएको छ । कृषि उपजहरुलाई बजारिकरणको लागि आवश्यक प्रबन्ध मिलाउने भएको छ । कृषि उपजहरुलाई लामो समय सम्म भण्डारण गरेर राख्ने कोल्ड स्टोरलाई ब्यवस्थित रुपमा सञ्चालन गर्ने भएको छ ।

कृषकहरुलाई उत्पादनमा आधारित अनुदान दिने भएको छ । नागरिकलाई तोकिएको समयमा सेवा उपलब्ध गराउन जनप्रतिनिधी र कर्मचारीलाई जवाफदेही बनाउन क्षतिपुर्ति सहितको नागरिक बडापत्र लागु गर्ने भएको छ।

गाउँपालिकाको हरेक गतिविधीलाई आम नागरिकको पहुँच पुराउन गाउँपालिकाको न्युज पोर्टल सञ्चालन गर्ने भएको छ। नागरिकको गुनासो र सुझाव चौबिसै घण्टा सुन्न गुनासो सुनुवाई प्राणीलाई व्यवस्थित रुपमा सञ्चालन गर्ने भएको छ । नागरिकलाई सुसुचित गर्न साप्ताहिक रुपमा जनता संग स्थानीय सरकार रेडियो कार्यक्रम सञ्चालन गर्ने भएको छ । नागरिकको चासो , गुनासो , प्रतिकृया बुझन र नागरिक संग प्रत्येक महिना जनता संग अध्यक्ष उपाध्यक्ष कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

गाउँपालिकाका विभिन्न सडकहरुलाई स्तरोन्नती गर्दै कालोपत्र गर्ने भएको छ। एक घर एक धारा सबै घरधुरीमा पुराउने लक्ष्य लिईएको छ। त्यस्तै नागरिकलाई महत्वपुर्ण सुचना प्रत्येक घरधुरीमा एसएमएस मार्फत संप्रेषण गर्ने भएको भएको छ। त्यस्तै गाउँपालिकामा विभिन्न लघु उद्योगहरु संञ्चालन गर्ने भएको छ। त्यस पालिकाका प्रमुख प्रशासकिय अधिकृत लक्ष्मण पाण्डेले ४० जनालाई बाह्रै महिना रोजगारी दिने कार्यक्रम नेपाल मै पहिलो भएको दावी गरे।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

प्रेम सुनार को बारेमा

पत्रकार प्रेम सुनार चर्चित रेडियो कार्यक्रम ‘ओझेलका खबर’का प्रस्तोता हुन्। उनी ओझेलका खबरका प्रमुख संवाददाता तथा संरक्षक पनि हुन। उनी दर्जनभन्दा धेरै मिडियामा आवद्ध छन्।

प्रेम सुनार द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →