Awareness

इस्माको नीति तथा कार्यक्रम: कृषिमा ५० प्रतिशत अनुदान, आगलागी पिडितलाई राहत



प्रेम सुनार
५ दिन अगाडि


Place for ads

गुल्मी: गुल्मीको इस्मा गाउँपालिकाले आर्थिक बर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम गाउँसभा समक्ष पेश गरेको छ। आईतबार त्यस पालिकाको अस्थाई केन्द्र दोबाटामा आयोजित गाउँसभाको १६ औँ अधिवेशनमा त्यस गाउँपालिका अध्यक्ष भगतसिंह खड्काले चालु आथिर्क बर्षको नीति तथा कार्यक्रम पेश गरेका हुन्।

उनले सभाको शुन्य समयमा सभाका विभिन्न सदस्यहरुलाई बोल्ने समय दिनु भएको थियो। सोही अनुरुप वडा नम्वर ३ का वडाध्यक्ष ज्योतिराज कुँवर, गाउँ सभा सदस्यहरु पोमप्रसाद भुसाल र रामबहादुर कार्कीलाई सभाध्यक्ष खड्काले बोल्ने समय दिएका थिए।

उनिहरुबाट उठाएका विषयको जवाफ गाउँपालिका उपाध्यक्ष पार्वती कुँवरले दिनु भएको थियो।

त्यस पालिकामा बैशाख ९, १०, र ११ गते भिषण आगलागी हुँदा व्यक्तिका २७ वटा घर र त्यति नै संख्यामा गोठ जलेर पुर्णरुपमा नष्ट भएका थिए। सोही दिन देखि गाउँपालिकाको सिंगो टिम अग्नी पिडितहरुको उद्धारमा जुटेको ति २७ परिवारलाई तत्काल प्रति परिवार एक लाखका दरले राहत उपलब्ध गराईएको, २७ मध्ये १३ घर निर्माणको अन्तिम चरणमा रहेको, अग्नी पीडितका छोरा छोरीहरुको अध्ययनका लागि शैक्षिक सामग्री उपलब्ध गराईएको र पशु चौपायका लागि आवश्यक आहराको व्यवस्था मिलाईएको गाउँपालिका अध्यक्ष खड्काले सभालाई जानकारी गराएका थिए।

उनले कृषि तर्फ किसानको मागका आधारमा विभिन्न उत्पादनमा ५० प्रतिशत अनुदान दिईने नीति तथा कार्यक्रमहरु पेश गरेका थिए। त्यस्तै स्वास्थ्य तर्फ गर्भवती महिलाहरुको प्रशुति सेवाका लागि एम्बुलेन्स सेवा उपलब्ध गराईने, सुत्केरी पोषण उपलब्ध गराईने, ८० बर्ष माथिका ज्येष्ठ नागरिक तथा क र ख वर्गका अपाङ्गता भएकाहरुलाई घर-घरमा पुगेर स्वास्थ्य परिक्षण गरिने,‌ गत बर्ष निःशुल्क स्वास्थ्य शिविरमा ४ हजार १४८ जनालाई स्वास्थ्य सेवा उपलब्ध गराईएको बताउनु भयो। त्यस्तै आर्थिक रुपमा विपन्नलाई जिविका उपार्जनका तथा उपचारको नागरिक सहायता उपलब्ध गराईएको बताउनु भयो।

त्यस्तै शिक्षा तर्फ विभिन्न खाले बिदामा बस्ने शिक्षकको सट्टा पालिकाले स्वयम सेवक शिक्षक उपलब्ध गराउने विद्यालय समायोजनका लागि कार्यदल गठन गरिने लगायत शैक्षिक क्षेत्रको विकासमा विभिन्न कार्यक्रमहरु सञ्चालन गरिने बताउनु भयो। त्यस्तै खानेपानीको अभाव रहेको वडा नम्बर २ देखि ६ सम्म निस्ती बृहत खानेपानी मार्फत अभावमुक्त गरिने बताए।

‘समृद्ध इस्मा, खुशी इस्माली’ भन्ने मुल नारामा ल्याईको नीति तथा कार्यक्रम कार्यान्वयन हुन सके जनताका केहि अपेक्षाहरु पुरा हुने देखिन्छ। त्यस पालिकाले ऐतिहासिक इस्माकोट लगायतका स्थानलाई आकर्षक पर्यटकिय गन्तव्य बनाउने गरी सजाएको छ।

Awareness by SKF

सभामा सदस्य सचिव तथा प्रमुख प्रशासकिय अधिकृत दिनेश सारुले टिप्पणी उठाइरहेका थिए।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

प्रेम सुनार को बारेमा

पत्रकार प्रेम सुनार चर्चित रेडियो कार्यक्रम ‘ओझेलका खबर’का प्रस्तोता हुन्। उनी ओझेलका खबरका प्रमुख संवाददाता तथा संरक्षक पनि हुन। उनी दर्जनभन्दा धेरै मिडियामा आवद्ध छन्।

प्रेम सुनार द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →