Awareness

सुशील प्याकुरेलले गरे राजदुत पद अस्वीकार



ओझेलका खबर संवाददाता
५ दिन अगाडि


Place for ads

काठमाडौँ:  सुशील प्याकुरेलले दक्षिण कोरियाका लागि राजदूत पदको अस्वीकार गरेका छन्। आइतबार एक विज्ञप्ति निकाल्दै उनले दक्षिण कोरियाका लागि राजदूतका रुपमा जान अस्वीकार गरेका हुन्।

यही शुक्रबार मन्त्रिपरिषद् बैठकबाट आफूलाई राजदूतका रुपमा पठाउने निर्णयको सम्मान गर्ने तर उक्त जिम्मेवारी सम्हाल्न नसक्ने उनले बताएका छन् ।

वर्तमान सरकारले आफूमाथि गरेको विश्वासका लागि आभार प्रकट गर्दै उनले भनेका छन् ‘सरकारको यो निर्णय मैले गैर सरकारी संस्थाहरूको अभियान, यस अघिका सरकारद्वारा विश्वासका साथ सुम्पिएको जिम्मेवारीहरू निर्वाह गरेको परिणामका रुपमा ग्रहण गरेको छु । तर यसका साथै यो विषयमा मेरो धारणा सार्वजनिक गर्ने पर्ने आवश्यकता देखेकोले यो प्रेस विज्ञप्ति जारी गर्दैछु ।’

प्याकुरेलले राजदूत नियुक्तिसम्बन्धी विगतमा सरकारले तय गरेको मापदण्ड र संसदीय सुनुवाइको औचित्य र राजदूतको कार्यकालका विषयमासमेत गम्भीर विमर्श आवश्यक देखेको बताएका छन् । सरकार फेरिएलगत्तै राजदूत फर्काउने निर्णयमा पनि उनले प्रश्न उठाएका छन्।

 

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो