Awareness

Get Vaccinated

कालीगण्डकी कोरिडोरको र्निर्माणाधीन पुल बाढीले बगायो  



प्रेम सुनार
३ महिना अगाडि


Place for ads


गुल्मी , असार ६ । दक्षिण भारत र उत्तर चिन जोड्ने राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरको पर्वतखण्डमा निर्माणाधीन मोटरेबल पुल बाढीले बगाएको छ । त्यस जिल्लको फलेवास नगरपालिका–६ देवीस्थान र फलेवास नगरपालिका–१० कुर्घा तर्फ बग्ने खोलामा निर्माणाधीन उप्त पुल बुधबार रातिको बाढीले बगाएको हो ।

दुवैतर्फको संरचना निर्माण सकिएर स्ल्याब ढलानको तयारीमा रहेको पुलका सबै निर्माण सामग्री बगाएको पाल्पास्थित कालीगण्डकी करिडोर आयोजना कार्यालय जनाएको छ । सो कार्यालयका अनुसार पुलको स्ल्याब शुक्रबार ढलान गर्ने तयारी गरिएको थियो । बाढीले निर्माणस्थलमा रहेको सयौँ बोरा सिमेन्ट, बालुवा, रड, फर्मा, पाइप र अन्य टेवा सामग्री पूरै बगाएको निर्माण कम्पनी नयाँबाटो गौचन जेभीका प्रतिनिधि दिनेश थापामगरले बताए । उनले करिव डेढ करोड बराबरको क्षति भएको दावि गरे ।

 

ढिलासुस्ती पछी क्षति

उप्त बुल दुई वर्षमा सम्पन्न हुने गरी २०७४ असार २८ गते सम्झौता भई २०७५ पुस १९ गतेदेखि निर्माण कार्य थालिएको थियो । ५ बर्ष पछि जम्मा ६० प्रतिशत मात्र काम भएको छ ।२०७६ असार मसान्तभित्र सम्पन्न हुनुपर्ने पुल निर्माण व्यवसायीको ढिलासुस्तीले , लापरबाहीका कार्ण अलपत्र पर्दै आएको क स्थानीय बासीले ताउँदै आएका छन् ।

५ करोड ८९ लाख ८९ हजार दुई सय ७७ को लागतमा बन्ने पुल निर्माणको जिम्मा नयाँबाटो गौचन जेभी निर्माण कम्पनीले पाएको थियो । तर उक्त कम्पनीले सहायक ठेकेदार दीपज्योति निर्माण सेवालाई जिम्मा लगाएको थियो । २५ मिटर लामो र ११ मिटर चौडाइको पुल निर्माण सम्पन्न नहुँदा कालीगण्डकी लोकमार्गमा सीधा यातायात सञ्चालन हुन सकेको छैन ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

Awareness by SKF

तपाईलाई यो खबर कस्तो लाग्यो

प्रेम सुनार को बारेमा

पत्रकार प्रेम सुनार चर्चित रेडियो कार्यक्रम ‘ओझेलका खबर’का प्रस्तोता हुन्। उनी ओझेलका खबरका प्रमुख संवाददाता तथा संरक्षक पनि हुन। उनी दर्जनभन्दा धेरै मिडियामा आवद्ध छन्।

प्रेम सुनार द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →