Awareness

Dhurkot

तानसेन नगरपालिकाको आयोजनामा न्यायिक समिति र मेलमिलापकर्ता बीच अनुभव आदानप्रदान तथा अन्तर्कृया कार्यक्रम तानसेनमा सम्पन्न



सुमित्रा कंडेल
६ महिना अगाडि


Place for ads

पाल्पा: तानसेन नगरपालिकाको आयोजनामा न्यायिक समिति र मेलमिलापकर्ता बीच अनुभव आदानप्रदान तथा अन्तर्कृया कार्यक्रम सम्पन्न भएको छ ।

Snow
Forest
Mountains

नगरपालिका भित्रका सम्पुर्ण मेलमिलापकर्ता संग अनुभव आदान प्रदान कार्यक्रम नगरपालिकाको मिनिहलमा गरेको हो।

तानसेन नगरपालिका भित्रका सवै वडाको मेलमिलाप कर्ताहरुको सहभागीता रहेको कार्यक्रमका प्रमुख अथिति नगर प्रमुख सन्तोषलाल श्रेष्ठले कार्यक्रमको शुभकामना दिदै पालिका भित्रका नागरीकलाई परेका समस्याहरुलाई समाधान गर्न मेलमिलापकर्ताले गरेका कार्यहरुको अनुभव आदान प्रदान गर्दा आगामी समयमा काम गर्दा सजिलो हुने वताउनु भयो । उहाले न्यायिक समिति र मेलमिलाप कर्ता बीच एकआपसमा अनुभव आदानप्रदान गर्दा मेलमिलापमा थप ज्ञान प्राप्त हुने बताउनुभयो । न्यायिक समितिको मेलमिलाप कार्यक्रमले सम्बन्धलाई सुमधुर बनाउने र सभ्य समाज निर्माणमा सघाउ पुग्ने नगरप्रमुख श्रेष्ठले बताउनुभयो ।

यस्तै गरी विशिष्ट अथिति प्रमुख प्रशासकिय अधिकृत हरिराम नागीलाले मेलमिलापकर्ताको भुमिकाको वारेमा स्पष्ट पार्नु भएको थियो ।उहाले नगर तथा वडा स्तरमा रहेका मेलमिलाप कर्ताहरुका कारण धेरैको जिवन तथा परिवारमा खुसीयाली छाएको भन्दै मेलमिलाप कर्ताहरुको भुमिका महत्वपुर्ण रहेको बताउनुभयो ।

कार्यक्रमको स्वागत तथा सहजीकरण न्यायिक समिति सदस्य गीता भट्टराईले गर्नु भएको थियो भने कार्यक्रमको उद्देश्य माथी प्रकाश पार्दै कार्यपलिका सदस्य तथा न्यायिक समिति सदस्य सविता भट्टराईले काम गर्न सोचे जस्तो सजिलो नभए पनि मेलमिलापकर्ताले न्यायकालागी अडिक भएर काम गर्दै आएको बताउनुभयो ।

कार्यक्रममा सवै वडाका मेलमिलापकर्ताहरुले प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रममा पालिकास्तरीय न्यायीक समिती संयोजक प्रतिक्षा गाहा सिंजालीले

Awareness by SKF

कार्यक्रममा बोल्दै समाजलाई शान्ति सुव्यवस्था कायम गर्नका लागी स्थानीय सरकार संचालन ऎन २०७४ को दफा ४७ को उपदफा १ र २ अनुसार क्षेत्राधिकार भित्र रहेर न्यायका पक्षमा मेलमिलाप गर्न अनुरोध गर्नुभयो ।उहाँले यो वर्ष ४५ वटा निवेदन आएकोमा १६ न्यायीक समिती मार्फत मेलमिलाप गरिएको ,१० वटा वडा मार्फत मेलमिलाप भएको,९ वटा केन्द्र वाहिर रिफर गरिएकोे,७ वटा ठाडाे उजुरीका आधारमा मेलमिलाप गरिएको र तिनवटा छलफलको क्रममा रहेकोे जानकारी गराउनु भएको थियो । जसमा लैङगिक हिंसा, अंशवण्डा र साधसिमाना लगाएतका विवाद रहेको बताउनुभयो ।

कार्यक्रमको संञ्चालन चिना न्यौपानेले गर्नु भएको थियो भने उप प्रमुख प्रतिक्षा गाहा सिंजालीको अध्यक्षतामा भएको थियो ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

सुमित्रा कंडेल को बारेमा

सुमित्रा कंडेल ओझेलका खबर डटकमको सह-सम्पादक तथ पाल्पा जिल्ला संवाददाता हुन। कंडेल रेडियो मदनपोखरामा पनि कार्यरत छिन्।

सुमित्रा कंडेल द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →