Awareness

पाल्पाको बगनासकाली गाउँपालिका पूर्ण खाेप तथा संस्थागत प्रसुति सेवा युक्त घोषणा



सुमित्रा कंडेल
४ महिना अगाडि


Place for ads

पाल्पा: बगनासकाली गाउँ पालिकालाई एक कार्यक्रमका बिच पूर्ण खाेप तथा पुर्ण संस्थागत प्रसुति सेवा युक्त स्थानीयतह घाेषणा गरेको छ। जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनालले न्युनतम सुचकहरु बगनासकाली गाउँ पालिकाले पुरा गरेकाे हुँदा प्रमाणपत्र प्रदान गर्नुभएको हो।

कार्यक्रमका प्रमुख अथिती लुम्बिनी प्रदेशका सामाजिक बिकाश मन्त्री रत्न बहादुर खत्रीले गम्भीर मानव स्वास्थ र मातृ मृत्युुदर लुम्बिनी प्रदेशमा बढि भएकाे बताउदै १ लाख बच्चालाई आमाहरु जन्म दिदै गर्दा २०७ जना आमाहरुले ज्यान गुमाउनुपर्ने अबस्था रहेको बताउनुभयो ।

प्रदेश भित्रका उप महानगरपालिका ,नगरपालिकाले गर्न नसकेको कार्य वगनासकालीले गर्न सकेकोमा धन्यवाद दिदै उच्च मनाेवलकासाथ काम गर्न सबैलाई अनुरोध गर्नुभयो । साथै मन्त्री खत्रीले २५० जना विद्यार्थीभएको विद्यालयमा एक जना स्वास्थ कार्मी पठाउने व्यवस्था भएको समेत बताउनुभयो । विद्यार्थी कमि भएका बिधालयहरु मर्च गरि अगाडि बढनु पर्नेमा जोड दिनुभयो।

सामाजिक बिकास मन्त्री रत्न बहादुर खत्रीले मेराे बिधालय र मेराे जिम्मेवारीका साथ सबैलाई एक पटक आफ्नो ठाउँमा फर्कन अनुरोध समेत गर्नुभयो।

कार्यक्रममा स्वास्थ्य कार्यालय पाल्पाका बरिस्ठ जनस्वास्थ्य प्रशासक डा राजेन्द्र गिरी, निवर्तमान पालिका अध्यक्ष कृष्ण प्रसाद बस्याल , तिनाउ गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठ , माथागढी गाउँपालिकाका अध्यक्ष यम बहादुर चिदी जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनाल लगायतका वत्ताहरुले घाेषणा पश्चात् दिगाेपनाका लागि कार्य याेजना बनाई अगाडि बढ्न अनुरोध गर्नुभयो। वगनासकाली गाउँपालिकाका उपाध्यक्ष हरि प्रासद पाठकले स्वागत गर्दै १ हजार १ सय ३७ जना बालबालिकाहरुले सेवा लिएको जानकारी गराउदै सबै सुचकहरु पुरागरि घाेषणा गर्न लागिएको बताउनुभयो ।

सिअहेब नाेद प्रसाद बस्यालले स्वास्थ्य शाखाले तयार गरेको प्रतिबेदन प्रस्तुत गर्दै बर्तमान अबस्थाका बारेमा जानकारी गराउनु भएको थियो । कार्यक्रममा ६० बर्ष उमेर पुगेका ११ जना सामुदायिक महिला स्वास्थ्य स्वयम् सेविकाहरुलाई सम्मान गर्नुका साथै बिदाई गरिएको थियोे ।

स्वास्थकर्मी र ग्राम्य मा बिका विद्यार्थीहरुले गित र नृत्य समेत प्रस्तुत गरेका थिय। कार्यक्रमका अबसरमा स्वास्थ्य चाैकिहरुलाई वडागत प्रमाणपत्र बितरण गरिएको थियो ।स्वास्थ्य शाखा प्रमुख मणिराम अधिकारीकाेे संचालन तथा गाउँपालिकाका अध्यक्ष सरस्वती चिदीकाे अध्यक्षतामा कार्यक्रम सम्पन्न हो।

Awareness by SKF

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

सुमित्रा कंडेल को बारेमा

सुमित्रा कंडेल ओझेलका खबर डटकमको सह-सम्पादक तथ पाल्पा जिल्ला संवाददाता हुन। कंडेल रेडियो मदनपोखरामा पनि कार्यरत छिन्।

सुमित्रा कंडेल द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →