Awareness

Get Vaccinated

वामी विश्व सम्पर्क मञ्चद्वारा ११ वटा विद्यालयका विद्यार्थीलाई छात्रवृत्ति



ओझेलका खबर संवाददाता
२ महिना अगाडि


Place for ads

गुल्मी: वामी विश्व सम्पर्क मञ्चले साविकको वामी गाउँ विकास समिति भित्रका ११ वटा विद्यालयका ३४ जना विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरेको छ।

मञ्चले प्रत्येक वर्ष उपल्लो कक्षाबाट उत्कृष्ट अंक ल्याउने १ जना छात्र र १ जना छात्रालाइ जेहन्दार छात्रवृत्ति र १ जनालाई विपन्न छात्रवृत्ति गरी एक विद्यालयका ३ जनालाई छात्रवृत्ति प्रदान गर्दै आईरहेको छ।

सोही कार्यक्रम बमोजिम आईतबार विद्यालयमै पुगेर छात्रवृत्ति प्रदान गरिएको वामी विश्व सम्पर्क मञ्चका सचिव रामचन्द्र सापकोटाले जानकारी दिनुभयो।

जसमध्ये महेन्द्र आदर्श नमुना माध्यमिक विद्यालयका वामीटक्सारमा ४ जना विद्यार्थी र शारदा विद्या मन्दिर माध्यमिक विद्यालय वामीमैदान, जनज्योति प्राथमिक विद्यालय सेरा, मालारानी प्रा.वि.मालारानी, भगवती प्राथमिक विद्यालय काफलटोला, खड्क देवि प्राथमिक विद्यालय भलेका तथा कृष्णनारायण प्राथमिक विद्यालय परुवाका ३/३ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको हो।

साविक वामी गाविस हाल मुसिकोट नगरपालिका वडा नं. ७ र ८ का ११ वटा विद्यालयका ३४ जना विद्यार्थीहरुलाई नगद रु. ८०,००० (असी हजार) वितरण गरिएको हो। माध्यमिक तहको कक्षा १० उत्तीर्ण अधिकतम अंक ल्याउने छात्र १ र छात्रा १ जनालाई जनही रु. ५, ००० (पाँच हजार) र अन्य प्राथमिक तहको अन्तिम तहमा उत्कृष्ट अंक ल्याउने छात्र र छात्रा लाई रु. २,०००/- का दरले तथा ११ वटै विद्यालयमा अध्ययनरत १/१ जनालाई जनही रु. २,०००/- का दरले विपन्न, जेहेन्दार छात्रवृत्ति वितरण गरिएको थियो। महेन्द्र आदर्श माध्यमिक विद्यालयमा कक्षा ११/१२ अध्ययन गर्ने थप १ ज‌ना गरी ३४ जनालाई वितरण गरिएको मञ्चका सचिव रामचन्द्र सापकोटाले जानकारी दिनुभयो।

Awareness by SKF

मञ्चले आफ्नो बैंक खातामा १२ लाख रुपैयाँ मुद्दती खातामा राखि त्यसबाट प्राप्त ब्याजबाट नियमित रुपमा छात्रवृत्ति वितरण गर्दै आईरहेको छ । वि.स. २०७१ सालदेखि सुरु गरिएको छात्रवृत्ति वितरण कार्यक्रम २०७१ कृष्ण चालिसे, २०७२, ७३ र ७४ मा हेमु बोहोरा, २०७५ टंक कंडेल र २०७९ मा इश्वरी पाण्डेको सहयोगमा वितरण गरिएको थियो। वि.सं. २०७६ सालबाट भने मञ्चले आफ्नै कोषबाट वितरण गर्दै आईरहेको छ।

कार्यक्रम सम्बन्धित विद्यालयका प्रधानाध्यापकको आतिथ्यता र वामी विश्व सम्पर्क मंचका कार्यवाहक अध्यक्ष डिलाराम खरेलको सभापतित्व र सचिव रामचन्द्र सापकोटाको सञ्चालनमा सम्पन्न भएको थियो।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो