Place for ads

Awareness

चेक रिपब्लिकका नेपालीबाट इस्माका अग्नी पीडितलाई राहत वितरण



प्रेम सुनार
१ महिना अगाडि


Place for ads

गुल्मी, जेठ ३: गुल्मीको इस्मा गाउँपालिकाका अग्नी पीडितहरुलाई चेक रिपब्लिकमा रहेका नेपालीहरुको संस्थाले बिहिबार जस्तापाता सहयोग हस्तान्तरण गरेको छ।

चेक रिपब्लिक स्थित गैर आवासीय नेपाली संघ एनआरएनएले इस्मा गाउँपालिका-२, सिदुङ्खाका अग्नि पीडितहरुलाई दश बण्डल अर्थात ९० वटा जस्तापाता वडा नम्बर ४ कोटकोटेरीका अग्निी पीडितलाई १४ बण्डल अर्थात १२६ थान जस्तापाता सहयोग हस्तान्तरण गरेको हो ।

Get Vaccinated

चेक रिपब्लिक स्थित गैर आवासीय नेपाली संघका अध्यक्ष गुल्मी मुसिकोट नगरपालिका ७ का बासिन्दा बैकुण्ठ रायमाझी र इस्मा गाउँपालिका ४ ढोकामुख घर भएका संघका उपाध्यक्ष दुर्गा अर्यालको अगुवाईमा त्यहाँ रहेका नेपालीहरुबाट सहयोग संकलन गरी उक्त राहत सामग्री हस्तान्तरण गरिएको हो ।

संघका नेपाल स्थित प्रतिनिधि मुसिकोट नगरपालिका ७ का पूर्व वडाअध्यक्ष प्रकाश काफ्ले, नेकपा एमालेका जिल्ला कमिटि सदस्य तथा इस्मा गाउँपालिका पूर्व अध्यक्ष लक्ष्मण विष्ट र एमालेकै जिल्ला कमिटि सदस्य राजेन्द्रविक्रम कुँवरको सयोजनमा उक्त राहत सामग्री हस्तान्तरण गरिएको हो ।

सहयोगी संस्था र त्यहाँ स्थित नेपालीहरुलाई वडा नँबर २ का वडाअध्यक्ष लोकनाथ आचार्य, ४ का वडाअध्यक्ष मान बहादुर बस्नेतले धन्यवाद दिएका थिए । उनीहरुले भने ‘हालसम्म खाद्यान्न लत्ताकपडा राहत प्राप्त भएको थियो । सबै भन्दा ठुलो अभाव अग्नि पीडितहरुका पशुचौपायहरु खुला आकाशमुनि बस्न परिरहेको बेला चेक रिपल्बिकमा रहेको उक्त संस्था र नेपालीहरुले पशु चौपायको पशुबाक्य बुझेझैं गरी गोठ निर्माणका लागि जस्तापाता उपलब्ध गराएकोप्रति हामी आभार प्रकट गर्दछौं ।’

Awareness by SKF

त्यस्तै इस्मा गाउँपालिका पूर्व अध्यक्ष विष्टले क्षेत्र नम्बर २ का सांसद गोकणर् विष्टले घटनाको दोश्रो दिन प्रारम्भिक राहतका रुपमा खाद्यान्न, भाडाकुँडा, लत्ताकपडा, हस्तान्तरण गरेको, त्यति नै बेला उहाँले सरकारले घर बनाइदिने उद्घोष गरेअनुरुप रु। चार लाख रुपियाँ संघ र प्रदेश सरकारबाट प्रदान हुने भएको थप एक लाख इस्मा गाउँपालिका सहित पाँच लाखमा अग्नि पीडितका घरहरु निर्माण हुन सुरु गरेको र सरकारले गोठ क्षति भएकालाई कुनै पनि सहयोग नगर्ने नीति अनुसार चेक रिपब्लिकमा रहेका साथीहरुसँग समन्वय गरी गोठ निर्माणका लागि जस्तापाता मगाउन समन्वय गरिएको बताएका थिए ।

त्यस्तै एमाले नेता कुँवरले त्यहाँबाट इस्माका अग्नि पीडितहरुलाई त्यहाँबाट आवश्यकता माग गरिएको र आफुहरुले गोठ निर्माणका लागि जस्तापाता अति आवश्यक भएको बताएपछि पठाइएको बताएका थिए ।

नेपाल स्थित संघका प्रतिनिधि मुसिकोट ७ का पूर्व वडाअध्यक्ष काफ्लेले छिमेकी पालिका इस्मामा घरगोठ जल्दा आफूहरुको पनि मन जलेको र विदेशमा रहेका साथीहरुसँग सहयोगको अपिल गरेअनुरुप उक्त राहत सामग्रीका लागि उहाँहरुले रकम पठाई आफुहरुले बुटवलबाट खरिद गरी हस्तान्तरण गर्न आएको सुनाएका थिए ।

चेक रिपब्लिक स्थित एनआरएनएका अध्यक्ष रायमाझी र उपाध्यक्ष अर्यालले पीडितहरुको घाउमा थोरै भए पनि मलम लगाउन सकियोस् र विपद् पर्दा एक नेपालीले अर्को नेपालीप्रति देखाउँदै आएको सहानुभूतिलाई निरन्तरता दिने प्रयास गरेको बताएका छन ।

COVID-19

यतिबेला इस्मा गाउँपालिकाले प्रत्येक अग्नि पीडितहरुको घर बनाउन सुरु गरेको छ । बर्खा भित्रिए पनि मौसमले साथ दिएसम्म छिटै घर निर्माण गरिसक्ने आफुहरुको लक्ष्य रहेको इस्मा गाउँपालिका अध्यक्ष भगतसिंह खड्काले बताउँदै आएका छन ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

प्रेम सुनार को बारेमा

पत्रकार प्रेम सुनार चर्चित रेडियो कार्यक्रम ‘ओझेलका खबर’का प्रस्तोता हुन्। उनी ओझेलका खबरका प्रमुख संवाददाता तथा संरक्षक पनि हुन। उनी दर्जनभन्दा धेरै मिडियामा आवद्ध छन्।

प्रेम सुनार द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →