Salime Malika Krishi Farm

Awareness Campaign

वामी-विश्व सम्पर्क मञ्चको स्मारिका ‘संगम’को मा. गोकर्ण विष्ट र मा. विष्णु सापकोटाद्वारा विमोचन



कमल पौडेल
२ वर्ष अगाडि


       

Awareness

Place for ads

गुल्मी: वामी विश्व सम्पर्क मञ्चले स्थापनाको दशौँ वर्षको अवसरमा संगम स्मारीका विमोचन गरेको छ। स्मारिकालाई प्रमुख अतिथी प्रतिनिधि सभा सदस्य गोकर्ण विष्ट र विशिष्ट अतिथी राष्ट्रिय सभा सदस्य विष्णु कुमारी सापकोटाले संयुक्तरुपमा विमोचन गर्नुभएको हो।

विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व मन्त्री समेत रहनुभएका गुल्मी क्षेत्र नं. २ का सांसद गोकर्णराज विष्टले विकास गाउँ पुग्दै गरेको तर जनता गाउँबाट सहर झर्ने प्रवृत्ती नरोकिनु अहिलेको चुनौती भएको टिप्पणी गर्नुभएको छ।

सिंचाई
Forest
Ad.

विश्वभर छरिएर पनि एकतावद्ध रहेका वामेलीहरुको प्रशंसा गर्दै विष्टले सिकेको ज्ञान र सिपले जन्मभूमि सिञ्चित हुने विश्वास व्यक्त गर्नुभयो। वामीको विकासको लागि शालिमे क्षेत्रको विकास महत्वपूर्ण हुने भन्दै सांसद विष्टले स्वाँरा तथा पुरानो गाउँबाट दहपुग्ने पदमार्ग, शालिमेमा पानी जम्नेगरी दह निर्माण तथा मन्दिर निर्माण त्यहाँको माग रहेको भन्दै सो को समाधानको लागि पहल गर्ने बताउनु भएको छ।

कार्यक्रममा राष्ट्रिय सभा सदस्य विष्णु कुमारी सापकोटाले शालिमेको विकासबाट समृद्धि सम्भव हुने भन्दै त्यसको पहलको लागि लाग्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो। सापकोटाले बसाईसराई बढेको विषयमा चिन्ता व्यक्त गर्दै बौद्धिक पलायन रोक्ने विषयमा आफूहरुले सोच्ने बताउनु भएको छ। कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य डिल्लिराज भुसाल, रुद्रावती बहुमुखि क्याम्पसका पूर्व प्रमुख हिरामणि अर्याल, प्राध्यापक डाक्टर तारा प्रसाद सापकोटा, शाखाहरुको तर्फबाट शारदा शर्मा पौडेल लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।

कार्यक्रममा प्राध्यापक डाक्टर जिवलाल सापकोटाले स्मारिका माथि समिक्षात्मक टिप्पणी गर्नुभएको थियो भने प्रधानसम्पादक प्राध्यापक डाक्टर ज्ञान बहादुर थापाले सम्पादकिय कोणबाट प्रकाश पार्नुभएको थियो। भर्चुअल रुपमा गरिएको कार्यक्रम वामी-विश्व सम्पर्क मञ्च अन्तराष्ट्रिय समन्वय समितिका अध्यक्ष प्राध्यापक डाक्टर इश्वरी प्रसाद पाण्डेयको अध्यक्षता, मुल समिति वामीका अध्यक्ष ज्ञानेश्वर काफ्लेको स्वागत मन्तव्य तथा अन्तराष्ट्रिय समन्वय समितिका महासचिव रोमकान्त सापकोटाको सञ्चालनमा सम्पन्न भएको थियो।

Awareness by SKF

गैर राजनैतिक तथा गैर नाफामुलक संस्थाको रुपमा स्थापित वामी विश्व सम्पर्क मञ्चले दशौँ वार्षिकोत्सवको अवसरमा मौलिक लेख रचना सहित स्थानीय क्षेत्रका प्रेरणादायी एवं ऐतिहासिक तथ्य तथा संस्थाको आर्थिक र प्रगतिको समेत विवरण राखी स्मारिका तयार गरेको हो। मञ्चले वामी र आसपासको क्षेत्रमा प्रकोप पिडित, आर्थिक असहाय एवम पिडितहरुको लागि राहत सहयोग, शिक्षा तथा स्वास्थ्यको क्षेत्रमा विविध कार्यक्रम र सहयोग, लोपोन्मुख कलासंस्कृति संरक्षण र सम्वर्द्धन तथा सामुदायिक हितका क्षेत्रमा काम गर्दै आएको छ।

कार्यक्रमको सभापतित्व संस्थाका अध्यक्ष प्राध्यापक डाक्टर ईश्वरी प्रसाद पाण्डेयले गर्नुभएको थियो भने सञ्चालन महासचिव रोमकान्त सापकोटाले गर्नुभएको थियो।

   
कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो