Place for ads

Awareness

रेग्मीद्वारा ब्लड बैंकलाई २५ हजार सहयोग



प्रेम सुनार
१ हप्ता अगाडि


Place for ads

पाल्पा: “हाम्रो ब्लडबैंक हामी बनाउँछौं , मनैदेखि सहयोग गरौ” भन्ने नाराकासाथ नेपाल रेडक्रस सोसाइटी पाल्पाको रक्तसंचार सेवा केन्द्र स्थापनार्थ अभियानका लागि रेडक्रसकर्मी साहित्यकार पुष्कर अथक रेग्मीले नगद रू. २५ हजार सहयोग गर्नुभएको छ।

विद्यार्थी जीवन देखिनै रेडक्रसमा लागेका तानसेन नगर पालिका वडा नं ३ भगवती टोल निवासी रेग्मी रेडक्रस ज्ञान र प्राथमिक उपचारका प्रशिक्षक रहनुकासाथै नेपाल रेडक्रस सोसाइटी पाल्पाका पूर्व कोषाध्यक्ष र हाल श्रीनगर उपशाखा तानसेनका सभापति रहेका छन्। सक्रिय स्वयसेवक र आजीवन सदस्य समेत रहेका रेग्मीले रेडक्रसलाई रू.२५ हजार सहयोग गरेपछि उनले रेडक्रसको विशिष्ट सदस्यता प्राप्ति सहित ब्लड बैक पाल्पाको संस्थापक सदस्य समेत रहने छन।

Get Vaccinated

नेपाल रेडक्रस सोसाईटी पाल्पा शाखाले पाल्पामा ब्लड बैंक स्थापनाको लागि बिशेष अभियान संचालन गरिरहेको अवस्थामा स्थानीय , राष्ट्रिय एवं अन्तर्राष्ट्रिय क्षेत्रमा बसेका व्यक्ति एवं संस्थाहरूद्वारा अभियानलाई सहयोग पुर्‍याउन रकमहरू प्राप्ति भइरहेका छन् अर्थात मानवीय सेवामा समर्पित मनहरू ” रक्तदान जीवनदान” जस्तो महान कार्यलाई ब्लड बैंकनै स्थापना गरी दिगो रूपमा सवा पुर्याउन लागि परेका छन्।

तपाईंहरू पनि रेडक्रसको यो महान अभियानमा रेडक्रस पाल्पाले यो अभियानमा जोडिएर स्वेच्छिक आर्थिक सहयोग गर्ने, आजीवन, विशिष्ट तथा एशस्कर सदस्य बन्नुका साथै पितृहरूका नाममा समेत रकम दान गरी पुनीत कार्यमा समर्पित हुन सक्नु हुनेछ ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

प्रेम सुनार को बारेमा

पत्रकार प्रेम सुनार चर्चित रेडियो कार्यक्रम ‘ओझेलका खबर’का प्रस्तोता हुन्। उनी ओझेलका खबरका प्रमुख संवाददाता तथा संरक्षक पनि हुन। उनी दर्जनभन्दा धेरै मिडियामा आवद्ध छन्।

प्रेम सुनार द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →