Place for ads

Awareness

गुल्मी अदालतमा श्रीमती कुटपिट प्रकरण: श्रीमान विरुद्ध ज्यान मार्ने उद्योगको मुद्दा दर्ता



प्रेम सुनार
२ हप्ता अगाडि


Place for ads

सोमबार दिउँसो गुल्मी जिल्ला अदालत भित्रै सम्बन्ध विच्छेदको मुद्दाका विषयमा बयान दिन आएकी श्रीमतीलाई जिल्ला न्यायधिशको इजलासबाट निस्कदा बित्तिकै एक्कासि आक्रमण गरी निर्घात कुटेर मरणासन्न बनाउने एक पुरुष विरुद्ध मंगलबार प्रहरीमा ज्यान मार्ने उद्योग सम्बन्धि मुद्धा दायर भएको छ।

अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–२चुत्राबेसी माइतीघर भएकी २६ वर्षीय श्रीमती मनसुवा श्रेष्ठलाई गुल्मीको छत्रकोट गाउँपालिका–३ हर्दिनेटाका ३५ वर्षीय दिपक श्रेष्ठले निर्घात कुटेर मरणासन्न अवस्थामा पु¥याएका थिए । उनी विरद्ध पीडित महिलाका दाजु कुलदिप श्रेष्ठले ज्यान मार्ने उद्योग सम्बन्धि मुद्धा जिल्ला प्रहरी कार्यालय गुल्मीमा दायर गरेका छन् ।

Get Vaccinated

निजले सोमबार दिउँसो १२ः५५ बजेको समयमा अदालतको माथिल्लो तलाबाट तल सिंढिमा घुचटेर तल गई निर्घात कुटेर गम्भिर घाइते बनाएका थिए । तत्काल त्यहाँ प्रहरीले निजलाई नियन्त्रणमा नलिएको भए थप कुटपिटबाट मनसुवाको ज्यानै जान सक्ने अवस्था रहेको परिवारजनले बताएका छन् ।

अदालतमा सम्बन्ध बिच्छेद मुद्धाको पेशी तारेकमा आएकी मेरो बहिनि इजलासमा जाँदै गरेको अवस्थामा मेरो बहिनी ज्वाई विपक्षि भएको जाहेरीमा उल्लेख छ । आजसम्म पनि बहिनीको अवस्था गम्भिर रहेको छ । विपक्षीको प्रहारबाट घाइते भएकी मेरो बहिनीलाई तत्काल उपचारका लागि गुल्मी मोडेल अस्पताल तम्घास लगेकोमा त्यहाँ उपचार हुन नसकी लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा लगी उपचार भइरहेको हुँदा मुलुकी अपराध संहिता २०७४ को दफा १८३ (१) को कसुर गर्ने विपक्षी उपचार पीडित बहिनीको तर्फबाट मैले यो जाहेरी दरखास्त लिई उपस्थित भएको छु ।

विपक्षीलाई सोही दफा १८३ (२) बमोजिम हदैसम्मको सजाय गरी मुलुकी अपराध संहिता २०७४ को दफा १८६ बमोजिम विपक्षीबाट पीडितको औषधी उपचार खर्च लगायतको उचित क्षतिप्रर्ति समेत दिलाई पाउँ ।’ जाहेरीमा यस्तो व्यहोरा उल्लेख छ ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डिएसपी) शंकर पोखरेलले उक्त मुद्धा दर्ता गरी आजै म्याद थप्न अदालतमा लगिएको बताउनुभयो । प्रभास अस्पतालमा उपचार गराउन लगिएकी पीडित महिलाको अवस्था गम्भिर रहेको आफन्तजनले बताएका छन् ।

Awareness by SKF

उनको मुहारको हड्डी भाचिएकोले मंगलबार शल्यक्रिया गर्न पर्ने डाक्टरले बताएका पनि उनीहरुले जानकारी दिए । उनलाई रक्तश्राप समेत भएको बताइएको छ । चार वर्ष अघि मागी विवाह गरेर वैदेशिक रोजगारका लागि ओमन पुगेका उनका श्रीमान श्रेष्ठले दाइजो थोरै पाएको भन्दै श्रीमतीलाई तनाव दिने गरेको माइतीजनको आरोप छ । त्यस्तै उनले फेक आइडी बनाई सामाजिक सञ्जालमा श्रीमतीको अश्लिल तस्बिरहरु सार्वजनिक गर्दै चरित्रहत्या गर्ने विभिन्न कुराहरुमा पटक पटक तनाव दिएर मनसुवालाई चरम मानसिक यातना दिने गरेको परिवारजनको भनाई छ ।

त्यस्को स्क्रिन सट समेत आफुहरुसँग रहेको दाबी गर्दै परिवारजनले भने निजालई साइबर क्राइमको मुद्धा दिने थप तयारीमा लागेको बेला उनी आफै घर आएपछि त्यस्तो झन्झट गर्नुभन्दा सम्बन्ध विच्छेदको मुद्धा दिएर मुक्त हुने ध्येयका साथ मनसुवा अदालत धाएको परिवारजन बताउँछन् ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

प्रेम सुनार को बारेमा

पत्रकार प्रेम सुनार चर्चित रेडियो कार्यक्रम ‘ओझेलका खबर’का प्रस्तोता हुन्। उनी ओझेलका खबरका प्रमुख संवाददाता तथा संरक्षक पनि हुन। उनी दर्जनभन्दा धेरै मिडियामा आवद्ध छन्।

प्रेम सुनार द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →