Place for ads

Awareness

बुटवलको गोदाममा आगलागी हुँदा तम्घासका श्रेष्ठको करोडौंको क्षति



प्रेम सुनार
२ हप्ता अगाडि


Place for ads

गुल्मी, बैशाख २५: मंगलबार बिहान बुटवलको मोटरपार्टस गोदाममा आगलागी हुँदा गुल्मी तम्घासका महेशकुमार श्रेष्ठले करोडौंको क्षति ब्यहोर्नु परेको छ। श्रेष्ठका छोरा प्रिन्सा श्रेष्ठ प्रोपराईटर रहेको देविनगरको नारायणपथ स्थित ओम प्राप्ती प्रिन्स सप्लायर्समा आगलागी हुँदा साढे दुई करोड देखि ३ करोड सम्म क्षति भएको बाबु महेश कुमार श्रेष्ठको भनाई छ।

गोदाममा मोटरसाईकल पार्टस , टायर, मोबिल लगायतका सामग्री जलेर नष्ट हुँदा उक्त मुल्य बराबरको क्षति भएको श्रेष्ठले बताए। प्रिन्स श्रेष्ठले बिहान ४ बजेतिर आगलागि भएको जानकारी आफुले जानकारी पाएको तर के कसरी आगलागी भयो भन्ने बारे यकिन बुझ्न नसकेको बताएका छन।

Get Vaccinated

विद्युत सर्ट सर्किट भई आगलागि भएको हो कि भन्ने अनुमान गरिए पनि प्रहरीले अनुसन्धान गरे पछि मात्र एकिन हुने बताईन्छ । स्थानीयबासी प्रहरी र बारुणयन्त्रको सहयोगकोमा आगो नियन्त्रणमा ल्याईए पनि गोदम जलेर नष्ट हुन पुगेको श्रेष्ठ परिवारले बताएका छन। श्रेष्ठको घर तम्घासको भिमचोक हो। उनिहरुको पुर्ख्यौली घर अघााखाँचीको छत्रगञ्जमा पर्दछ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

प्रेम सुनार को बारेमा

पत्रकार प्रेम सुनार चर्चित रेडियो कार्यक्रम ‘ओझेलका खबर’का प्रस्तोता हुन्। उनी ओझेलका खबरका प्रमुख संवाददाता तथा संरक्षक पनि हुन। उनी दर्जनभन्दा धेरै मिडियामा आवद्ध छन्।

प्रेम सुनार द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →