Place for ads

Awareness

गुल्मी अदालतमा श्रीमती कुट्नेले मानसिक यातना पनि दिँदै आएको खुलासा



प्रेम सुनार
१ हप्ता अगाडि


Place for ads

 गुल्मी, बैशाख २५: सोमबार दिउँसो सम्बन्ध विच्छेदको मुद्दाको विषयमा आएकी श्रीमतीलाई श्रीमानले गुल्मी जिल्ला अदालत भित्रै कुटपिट गरेका पुरुषले श्रीमतीलाई कुटपिट भन्दा बढि मानसिक यातना दिएको पिडित महिलाका परिवारले खुलासा गरेका छन।

त्यस अदालतका जिल्ला न्यायाधिशको ईजलासबाट फर्किने क्रममा गुल्मीको छत्रकोट गाउँपालिका-३, हर्दिनेटाका ३४ बर्षीय दिपक श्रेष्ठले श्रीमती मनसुवा श्रेष्ठलाई निर्घात कुटपिट गरी गम्भीर घाईते बनाएका थिए।

Get Vaccinated

अर्घाखाँचीको सन्धिखर्क नगरपालिका-२, चुत्राबेसी माईती घर भएकी श्रीमती श्रेष्ठलाई उनले आफुले विदेशमा कमाएको पैसाले माईतीमा बसेर पढेको र रकम हिनामिना गरेको आरोप लगाउँदै आवेशमा आएर कुटेको प्रहरीलाई बयान दिएका थिए।

   

यस विषयमा उनका नजिकका आफन्तजनले हामीलाई सम्पर्क गरी निजले विदेशमा गए देखि मनसुवालाई फोन र सामाजिक सञ्जालमा पटक-पटक तनाव दिएर चरम मानसिक यातना दिएको खुलासा गरेका हुन्।

आफ्नो विदेशको कमाईले माईतीमा बसेर पढेको भन्ने आरोप लगाएको प्रति मनसुवाका एक नजिककी आफन्तले भनिन्, ‘मनसुवाले कति पैसा हिनामिना गरिन यदि त्यो प्रमाणित गरेर देखाओस्, मै त्यसको त्रिबल रकम तिरिदिन्छु।’

चार बर्ष अघि बिबाह भएको सत्य हो , बिदेशबाट फर्के पछि एअरपोर्टबाट फोन गरेको र मनसुवाले मैले चिन्दीन भनेर रिसाको कुरा पनि सत्य हो , उनले भनिन्– ‘तर पैसा हिनामिना गरी दिए भन्ने आरोप सरासर गलत हो । ’

Awareness by SKF

‘बिवाहमा उनले भने झै खर्च भए होला तर आफ्नो माईतीको खर्च र आफ्नो संघर्षले पढेकी मनसुवालाई जुन आरोप निजले लगाएका छन त्यसले हामी सबै परिवारलाई ठुलो पिडा दिएको छ ’– उनले रुँदै भनिन् ।

यति बेला लुम्बिनी मेडिकल कलेज पाल्पा प्रभासमा उपचार गराई रहेकी मनसुवालाई सामाजिक सञ्जालबाट पटक पटक तनाव दिएर पिडित पारेपछि माईतीजनले साईवर क्राईमको मुद्दा दिई उनलाई विदेशबाट झिकाउन खोजीरहेको बेला उनी आफै आए पछि मनसुवाले बाध्य भएर सम्बन्ध विच्छेदको मुद्दा दिएको बताईएको छ।

‘न्यायधिशको ईजलास नजिकै महिला माथी आक्रमण गर्ने ति मान्छे कस्ता हुन ? उनिबाट भौतिक आक्रमण त पहिलो हो ’ पिडित महिलाका आफन्तले भनिन –‘त्यो भन्दा बढि उनले मानसिक याताना दिएका छन , उनलाई कडा भन्दा कडा कार्बाहीको माग गर्दछौ । ’ निज श्रेष्ठले बिवाह पश्चात दाईजोको बिषयमा मनसुवालाई तनाव दिदै आएको परिवारले बताए । सुनको सिक्रि सानो भयो , अहिलेको जमनामा टिनको दराज दाईजो दिने जस्तो बिषयमा तनाव दिए पछि सम्बन्धमा दरार आएको बताईएको छ ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रबक्ता डिएसपी शंकर पोखरेलले निजलाई नियन्त्रणमा लिई अनुसन्धान भईरहेको बताएका छन । अदालत भित्रै महिला माथी भएको कुटपिट घटनाको सर्वत्र निन्दा भएको छ र त्यस्तालाई कडा कार्बाही हुनु पर्नेमा धेरैले जोड दिएका छन ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

प्रेम सुनार को बारेमा

पत्रकार प्रेम सुनार चर्चित रेडियो कार्यक्रम ‘ओझेलका खबर’का प्रस्तोता हुन्। उनी ओझेलका खबरका प्रमुख संवाददाता तथा संरक्षक पनि हुन। उनी दर्जनभन्दा धेरै मिडियामा आवद्ध छन्।

प्रेम सुनार द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →