Smoking Causes Cancer

गुल्मी इस्मामा थप दुई घर जलेर नष्ट (भिडियो सहित)



प्रेम सुनार
२ वर्ष अगाडि


Place for ads

गुल्मी, वैशाख १०: दुई दिन अघि मात्र दुई दर्जन बढी घर र त्यति नै संख्यामा गोठ जलेर क्षति ब्यहोरेको गुल्मीको इस्मा गाउँपालिकामा आज सोमबार थप दुईवटा घर र एउटा गोठ जलेर अर्को क्षति ब्यहोरेको छ।

इस्मा-६ को बुल्म स्थित मोटे कुमालका दुई भाई छोराहरुको दुई लवटा घर र एउटा गोठ जलेर नष्ट भएको जिल्ला समन्वय समिति सदस्य तथा स्थानीयवासी सुनिता जिसीले जानकारी दिनु भयो।

उहाँ सहित उद्धार कार्यमा गाउँपालिका अध्यक्ष भगत सिंह खड्का, वडाध्यक्ष ढाल बहादुर कुँवर, अन्य जनप्रतिनिधि, अस्थायी प्रहरी पोष्ट धनार्जेको प्रहरी र स्थानीयवासी जुटेर थप घर जल्नबाट बचाएका छन‌। बैशाख ८ गते जिल्लाभर ४१ वटा घर जलेको मध्ये इस्मा मात्रै २५ वटा घर जलेर पूर्णरुपमा क्षति भएका थियो। अब इस्मामा क्षति हुने घर संख्या २७ पुगेको छ।

सिंचाई
Forest
Ad.
   
कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

प्रेम सुनार को बारेमा

पत्रकार प्रेम सुनार चर्चित रेडियो कार्यक्रम ‘ओझेलका खबर’का प्रस्तोता हुन्। उनी ओझेलका खबरका प्रमुख संवाददाता तथा संरक्षक पनि हुन। उनी दर्जनभन्दा धेरै मिडियामा आवद्ध छन्।

प्रेम सुनार द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →