Awareness

Get Vaccinated

पुर्व मुख्य सचिव पौड्यालद्वारा गुल्मीमा सरसफाई अभियान शुभारम्भ



प्रेम सुनार
३ महिना अगाडि


Place for ads

गुल्मी, वैशाख ६: बाग्मती नदी सरसफाई अभियानका अभियन्ता तथा नेपाल सरकारका पूर्व मुख्य सचिव लिलामणि पौडेलले गृह जिल्ला गुल्मीमा पनि सरसफाई अभियान शुभारम्भ गर्नुभएको छ।

बिहिबार बिहान सदरमुकाम तम्घासबाट उहाँले सरसफाई अभियान शुभारम्भ गर्नुभएको हो । रेसुंगा नगरपालिका वडा नम्बर–८ को जिल्ला प्रशासन अगाडी देखि हस्पिटल लाइन हुँदै सुरु गरिएको सरससफाई अभियानमा रेसुंगा नगरपालिकाका मेयर खिलध्वज पन्थी, प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्मा, सहित यहाँ विभिन्न तहका जनप्रतिनिधि, कर्मचारी र नागरिक अगुवाहरुको सहभागिता थियो ।

पूर्व मुख्य सचिव पौडेलले यो अभियानलाई आम नागरिकको सामुहिक अभियान भएको र यसमा गाउँस्तरसम्मको सहभागिता हुनुपर्नेमा जोड दिनु भयो । सरसफाई सभ्य मानिसको परिचय हो । हामी असभ्य होइनौं, सभ्य मानिसको पहिचान दिन कम्तिमा पनि सातामा दुई घण्टा राष्ट्रका नाउँमा हाम्रो नारा नै रहेको छ ।

बाग्मति सरसफाई अभियान सुरु गरेको एघार वर्ष भयो । यो अभियान सुरु गरेपछि सरसफाई अभियान राष्ट्रव्यापी भएको छ । २० हजार मेट्रिक टन भन्दा बढी फोहर नदिबाट निकालिएको छ । यस अभियानमा १५ लाख भन्दा बढी मानिस सहभागि भएका छन् । अहिले सतप्रतिशतत भन्न सकिदैंन् करिब ९० प्रतिशत मानिसहरुले जथाभावि फोहोर फाल्न हुन्न भन्ने कुरामा सचेतना फैलाएका छन्।

जिल्लाको बलेटक्सार, निवासी पौडेलगत केही वर्ष देखि गृह जिल्लाको विभिन्न सामाजिक कार्यमा सक्रिय हुँदै आउनुभएको छ । चिनको राजदुत कार्यभार समालेर फर्किएपछि उहाँ गृह जिल्लामा सक्रिय हुँदै आउनुभएको हो । नेपाल सरकारको उच्च ओहोदामा रहे देखि नै उहाँले गुल्मीका ठुला–ठुला विकास योजनामा पार्नमा पहल गर्दै आउनुभएको थियो ।

कालीगण्डकी कोरिडोर सडक, सालझण्डी पातौती, खज्याङ, तम्घास लगायतका द्रुत मार्ग रेसुंगा विभामानस्थल जस्ता थ्रुपै विकास योजनामा यहाँका जनप्रतिनिधि सहित उहाँको पनि त्यत्तिकै देन छ । जिल्लाको सदरमुकाम तम्घास बजार क्षेत्रमा सरसफाई अभियानको सुरुवात मेयर खिलध्वज पन्थीले सुरु गर्नुभएको हो । उहाँले जिम्मेवारी समाले लगत्तै यस बजार क्षेत्रमा सानो कागजका टुक्रा समेत देख्न सकिदैन् ।

सफा शहरको परिचय बन्न सुरु गरेकै अवस्थामा पूर्व मुख्य सचिव पौडेलले सरसफाई अभियानको छेडेपछि रेसुंगा नगरपालिकाको ग्रिन सिटि अभियान सफल हुने देखिन्छ । यद्यपि तम्घास बजार क्षेत्रका खोला किनारहरुमा व्यक्तिले जमिन अतिक्रम गरिएका जमिनामा नगरपालिकाको ध्यान पुग्न सकेको छैन् ।

Awareness by SKF

यहाँका खोलानालाहरु फोहोरको डङ्गुरले भरिएका छन् । खोला किनारमा सुन्दर बगैंचाको नगर प्रमुखले परिकल्पना गरे पनि व्यक्तिका घर आगनले अतिक्रमित भएको छ । जस्को जमिन उस्को आकाश हुनुपर्ने हो । तर दुर्भाग्य यहाँका कयौं सार्वजनिक जमिनले आफ्नो आकाश देख्न पाएका छैनन् ।

सफा र सुन्दर हुनुपर्ने तम्घास क्षेत्रका खोलाहरु बजारबासीको सौचालयको ढल बन्न पुगेको छ ।अभियान्ता पौडेलले सहभागीहरुलाई सरसफाईका विभिन्न बँुदाहरुमा सपथ ग्रहण समेत गराउनुभएको थियो । तम्घास बजारको सौन्दर्यकरण गर्ने रेसुंगा नगरपालिकाको अभियानमा पूर्व मुख्य सचिव तथा सरसफाई अभियानका अभियान्ता पौडेलले यस नगरपालिकाबाट सरसफाई अभियानको उद्घोष गरेबाट आफुहरु थप उत्साहित र गौरवान्वित भएको बताउँदै नगरप्रमुख पन्थीले उहाँलाई धन्यवाद दिनुभयो ।

यस अभियानको अग्रमोर्चामा सरकारी निकाय, जनप्रतिनिधि, नागरिक समाज, सामाजिक संघसंस्था, शैक्षिक संघसंस्था, युवा , महिला समुह रहेको नागरिक समाजका अगुवा पदमप्रसाद पाण्डेले बताउनुभयो ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

प्रेम सुनार को बारेमा

पत्रकार प्रेम सुनार चर्चित रेडियो कार्यक्रम ‘ओझेलका खबर’का प्रस्तोता हुन्। उनी ओझेलका खबरका प्रमुख संवाददाता तथा संरक्षक पनि हुन। उनी दर्जनभन्दा धेरै मिडियामा आवद्ध छन्।

प्रेम सुनार द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →